झापा र सुनसरीका केही ठाउँमा ठूलो वर्षा
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

झापा र सुनसरीका केही ठाउँमा ठूलो वर्षा भएको छ । गएरातिदेखि नै ठूलो वर्षा भएकाले बाढीको जोखिम बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सुनसरीको धरान, चतरा तथा झापाको कनकाई, अनारमणि बिर्ता, चन्द्रगढी एअरपोर्ट तथा आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भइरहेकोले त्यस क्षेत्रका नदीहरूमा बाढीको जोखिम छ । महाशाखाले तटीय तथा होचा क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

झापा र सुनसरीसहित कोशी प्रदेशका सबैजसो ठाउँमा गएरातिदेखि नै वर्षा भइरहेको छ ।  आज पनि यो प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services