नेपाल सम्मिलित एसिया कपमा भारतले बलियो टोली पठाउने
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

एसिया कप २०२३ अगस्ट ३१ बाट पाकिस्तानमा सुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल १७ सेप्टेम्बरका दिन श्रीलंकामा हुनेछ । योसँगै एसिया कपमा बीसीसीआईले १५ सदस्यीय बलियो टोली पठाउन सक्ने सम्भावना रहेको छ । बीसीसीआईले यसपटक ५ फास्ट बलर र ६ ओपनरलाई टोलीमा मौका दिने विश्वास गरिएको छ ।

यसका लागि बीसीसीआईले चाँडै नै भारतीय टोली घोषणा गर्ने सम्भावना रहेको छ । सन् २०२३ को एकदिवसीय विश्वकप भारतमा हुने भएकोले एसिया कपमा छनोट हुने टोली नै विश्वकपका लागि पनि छनोट हुन सक्ने अनुमान गरिएको छ । जसका कारण एसिया कपमा भारतले ६ ओपनरलाई मौका दिन सक्छ । जसमा कप्तान रोहित शर्मासँगै युवा खेलाडीहरू पनि सामेल छन्। ओपनरमा शिखर धवन, शुभमन गिल, यशस्वी जैसवाल, ऋतुराज गायकवाड र इशान किशन जस्ता खेलाडीहरुले मौका पाउने सम्भावना रहेको छ ।

श्रीलंकामा हुने एसिया कपमा स्पिनर र फास्ट बलरलाई सहयोग पुग्ने विश्वास गरिएको छ । जसकारण भारतीय टोलीले आफ्ना फास्ट बलरहरूमा बढी ध्यान दिनेछ र उसले टोलीमा ५ फास्ट बलरहरुलाई समावेश गर्न सक्छ। चोटका कारण बाहिर रहेका जसप्रित बुमराह पनि एसिया कपबाट टोलीमा फर्कन सक्नेछन् । भारतले जसप्रीत बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, अर्शदीप सिंह र उमरान मलिक जस्ता फास्ट बलरलाई एसिया कपमा प्रयोग गर्न सक्छ।

एसिया कपमा भारतको संभावित टोली : रोहित शर्मा (कप्तान), शिखर धवन, शुभमन गिल, यशस्वी जैसवाल, ऋतुराज गायकवाड, इशान किशन (विकेटकिपर), विराट कोहली, केएल राहुल, रविन्द्र जडेजा, हार्दिक पाण्ड्या, जसप्रित बुमराह, मोहम्मद शामी, मोहम्मद सिराज, अर्शदीप सिंह र उमरान मलिक ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services