अभिनेत्री साम्राज्ञी शाहविरुद्धको मुद्दा अभिनेता भुवन केसीले हारेका छन् । केसीले २०७७ साउन ९ गते साम्राज्ञी शाहविरुद्ध दिएको गाली बेइज्जती मुद्दामा काठमाडौं जिल्ला अदालतले केसीको दाबी नपुग्ने फैसला गरेको हो ।
बुधबार यो मुद्दाको सुनुवाइ न्यायाधीश वासुदेव पौडेलको इजलासमा भएको थियो ।
बलिउडका दिवंगत अभिनेता सुशान्तसिंह राजपुतको निधनको पृष्ठभूमिमा चलेको नेपोटिज्मको बहसमा साम्राज्ञी र भुवनको यस्तो विवाद चर्किएको थियो । त्यही विवादमा भुवनले साम्राज्ञीले आफूलाई जथाभावी आरोप लगाएर गाली बेइज्जती गरेको भन्दै १० करोड क्षतिपूर्ति माग गरेर मुद्दा दायर गरेका थिए ।
© 2023. All rights reserved. Designed By: HK Web Services