जरायो मारेकोआरोपमा चार जना पक्राउ
प्रकाशित मितिः1 year ago

सुर्खेतको काँक्रेविहार वनमा संरक्षित गरेका जरायो मारेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ । नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भाग लगाइरहेकाे अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको हो ।

बुधवार बिहान ३ बजे जरायो मारेर भाग लगाइरहेको भन्ने सूचनाका आधारमा घटनास्थलबाटै चार जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर–१० का ५२ वर्षीय डम्मरबहादुर थारु, उनका छोरा २१ वर्षीय सुशील, २८ वर्षीय आशाराम चौधरी र वीरेन्द्रनगर–११ का ४१ वर्षीय मीनबहादुर वली रहेका जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार कारबाही हुने जिल्ला वन कार्यालय सुर्खेतले जनाएको छ । अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services