सिड्नी । वेस्टन अस्ट्रेलियाको राजधानी पर्थमा सम्पन्न प्रथम हिमाली गोर्खा कप भलिबलको उपाधि नेपाली युथ क्लब (एनवाईसि)ले जितेको छ । नेपाली भलिबल एशोसिएशन वेस्टन अस्ट्रेलियाको आयोजनामा सम्पन्न प्रतियोगिताको प्रतिस्पर्धात्मक फाइनल खेलमा टेस्टी म:म लाई ३–२ को सेटमा पराजित गर्दै उपाधि एनवाइसिले उपाधि जितेको हो ।
पहिलो सेट २०–२५ ले गुमाएको एनवाईसीले दोश्रो सेट २५–२०ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेटमा फेरि टेस्टी म:म हावी हुदै २१–२५ले अघि बढ्यो । तर, चौथो र पाँचौ सेट २५–२२ र १५–११ ले जित्दै एनवाईसीले उपाधि जितेको हो । आयोजकले उपाधि विजेता र उपविजेता टोलीलाई ट्रफी, नगद र प्रमाणपत्रले सम्मान गरेको जनाएको छ । पर्थमा रहेका नेपाली समुदायलाई खेल मार्फत एकताबद्ध गराउने उद्देश्यले आयोजित प्रतियोगितामा विभिन्न ६ टोलीले सहभागिता जनाएको थियो ।
एशोसिएशनका अध्यक्ष राम थापाले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सबै सहयोगी हातहरुलाई धन्यबाद दिए । उनले पर्थमा नेपाली समुदायमा भलिबल खेल लोकप्रिय रहेको र क्लबहरुको सँख्या पनि बढ्दै गएको बताए ।
© 2023. All rights reserved. Designed By: HK Web Services