नेपालको वरियता एक स्थान घट्यो
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालको एक स्थान घटेको छ । आइसिसीले जारी गरेको नयाँ वरियतामा नेपाल एक स्थान खस्किदै १५ औं स्थाानमा पुगेको छ ।

नेपाल अघि नेदरल्यान्ड्स छ । विश्वकप छनोटमा सानदार प्रदर्शनका साथ विश्वकपमा स्थान बनाएको नेदरल्यान्ड्स १४ औं स्थानमा छ ।

नामिबिया १६ औं, अमेरिका १७ औं, ओमान १८ औं र युएई १९ औं स्थानमा छ । ओडिआई मान्यता गुमेको पपुवा न्युगिनी वरियताबाट पनि हटेको छ । नेपालअघि नेदरल्यान्ड्स १४ औं, आयरल्यान्ड १३ औं, स्कटल्यान्ड १२ औं, जिम्बावे ११ औं र वेस्टइन्डिज १० औं स्थानमा छन् । अष्ट्रेलिया शीर्ष र पाकिस्तान दोस्रो स्थानमा छन् ।

जिम्बावेमा यसै साता सम्पन्न आइसिसी विश्वकप छनोटमा नेपाल ६ मध्य ४ खेलमा पराजित भएपछि वरियता घट्न पुगेको हो । नेपाल समूह चरणमा वेस्टइन्डिज, नेदरल्यान्ड्स र जिम्बावेसँग पराजित भएको थियो । अमेरिकालाई हराएको थियो । प्लेअफमा युएईलाई हराउँदा आयरल्यान्डसँग हार्न पुगेको थियो ।

 

(Visited 4 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services