मन्त्रिपरिषद् बैठकले धानकाे समर्थन मूल्य ताेक्याे
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

सरकारले धानकाे समर्थन मूल्य ताेकेकाे छ । मङ्गलवार सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले धानकाे समर्थन मूल्य ताेकेकाे सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयाे ।

बैठकले मोटा धानको प्रतिक्विन्टल ३ हजार १ सय ९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ रुपैयाँ समर्थन मूल्य ताेकेकाे उहाँले बताउनुभयाे । सरकारले कृषि मन्त्रालयकाे प्रस्तावमा धानकाे समर्थन मूल्य ताेकेकाे हाे ।

सरकारले आर्थिक वर्ष २०७९/८० का लागि मोटा धानकाे प्रतिक्विन्टल २ हजार ९ सय ६७ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार १ सय २८ रुपैयाँ समर्थन मूल्य तोकेकाे थियाे ।

यसअघि सरकारले समयमै मूल्य नतोक्दा व्यवसायीले मनोमानी मूल्यमा धान खरिद गर्दै आएका थिए । किसान भने कम मूल्यमा बेच्न बाध्य थिए ।

(Visited 52 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services