थारु सोसाइटी अस्ट्रेलियाको अध्यक्षमा फेरि दीपनारायण
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 years ago

सिड्नी । थारु सोसाइटी अफ सिड्नी अष्ट्रेलियाको अध्यक्षमा पुन: दीपनारायण चौधरी निर्वाचित भएका छन् । जुलाई ८ मा सिड्नीस्थित इन्द्रेणी फंक्सन सेन्टर रकडेलमा सम्पन्न अधिवेशनबाट चौधरी दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । अधिवेशनले सोसाइटीको उपाध्यक्षमा निमेष लेखि र बिनय चौधरी , महासचिवमा पृथ्वी चौधरी, सहसचिवमा सोफिया चौधरी, कोषाध्यक्षमा रिन्कु चौधरी, सहकोषाध्यक्षमा सिम्रिका चौधरी, पब्लिक रिलेशन अफिसरमा अरुण आर्यण चौधरी, कल्चरल सक्रेटरीमा पूजा चौधरी, स्पोर्ट्स सेक्रेटरीमा सिद्दान्त चौधरी र आइटी कोअर्डिनेटरमा उमेश चौधरीलाई नै निरन्तरता दिइएको छ ।

त्यस्तै संस्थाको कार्यसमिति सदस्यहरुमा रितु चौधरी, सुनाम चौधरी, मधुकर चौधरी, उपशना चौधरी, रञ्जना चौधरी , नजमा चौधरी, श्वेता चौधरी, रञ्जना चौधरी, सागर चौधरी, मिलन चौधरी, सुनिल चौधरी,आर्यण चौधरी थारू रहेका छन् । महिला सहभागितालाई अझै बढाउदै लाने उदेश्यले संस्थाले संयोजकमा मिश्रा कुमारी चौधरी, सहसंयोजकमा सुनिता चौधरीलाई जिम्मेवारी दिएको छ। यसै गरि संस्थाले रामेश्वर चौधरी बरिष्ठ सल्लाहकार रहेको र दुर्गानन्द चौधरी तथा जानुका चौधरी सल्लाहकार रहेको तिन सदस्यीय सल्लहाकार समितिको पनि गठन गरेको छ।

संस्थाका पव्लिक अफिसर अरूण चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको अधिबेशन कार्यक्रममा महासचिब पृथ्वी चौधरीले संस्थाको स्थापना काल देखि हाल सम्म भएको सम्पूर्ण कार्य बिबरण प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष रिंकु चौधरीले संस्थाको आय व्यय प्रस्तुत गरेका थिए । नवनिर्वाचित अध्यक्ष दिप नारायण चौधरले संस्थालाई अझै सवल वनाउदै, बिबिध परोपकारी कार्यहरु सहित थारू समुदाय तथा बिधार्थीमा पर्ने बिबिध समस्यामा बिगतमा जस्तै संस्था सहयोगी रहने बताए।

२४ औं विश्व आदिबासी दिवसको अबसर पारेर ९ अगस्ट २०१८ मा संस्था स्थापना गरी कार्य समिती गठन गरिएको थियो । नेपालको बिभिन्न भूभागबाट अष्ट्रेलिया आई बिभिन्न पेशा ब्यबसाय, अध्ययन तथा अध्यापनमा रहेका थारु समुदाय बीच साझा चौतारीको रुपमा स्थापित सोसाइटीले विभिन्न चाडपर्व र अन्य अवसरमा रचनात्मक कार्यक्रम गर्दै आएको छ भने नेपालमा सामाजिक उत्तरदायित्वको क्षेत्रमा सहयोग पनि गर्दै आएको छ ।

 

(Visited 126 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services