एनआरएनए भलिबल टुर्नामेन्टको उपाधि म्याग्दीकाली युनाइटेडलाई
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः1 year ago

सिड्नी । अस्ट्रेलियाको राजधानी क्यानेवरामा सम्पन्न ‘एकदिवसीय एनआरएनए भलिबल टुर्नामेन्ट’ को उपाधि म्याग्दीकाली युनाइटेड क्लब सिड्नीले जितेको छ । क्यानबेरा नेप्लिज भलिबल क्लबको आयोजनामा शनिबार क्यानवेराको ह्यारिसन स्कुलमा आयोजित प्रतियोगिताको फाइनलमा सिड्नीको ढोरपाटन क्लबलाई ३–१ को सेटमा पराजित गर्दै, युनाइटेडले उपाधि जितेको हो ।

सिड्नी र क्यावेरामा विभिन्न अवसरमा आयोजना हुने प्रतियोगितामा पटक–पटक फाइनल पुगेपनि उपाधिबाट विमुख बनेको युनाइटेडले चिरपरिचित प्रतिद्धन्द्धी ढोरपाटनलाई हराउने क्रममा उत्कृष्ट पुनरागमन गरेको थियो । फाइनलको पहिलो सेट १४–२५ले गुमाएको युनाइटेडले त्यसपछि तीनै सेटमा राम्रो खेल पस्किन सफल रह्यो । दोश्रो सेटको सुरुवातदेखि नै अग्रता बनाएको उसले २५–१९ले जित्दै खेल १–१ सेटको बराबरीमा ल्यायो । तेस्रो सेटमा झन आक्रमक बनेको युनाइटेडले ढोरपाटनलाई १७ अंक भन्दा माथि जानै दिएन ।

चौथो सेट पनि २५–१८ को सहज जितका साथ युनाइटेड पहिलो पटक च्याम्पियन बन्न सफल भएको हो । उपाधिसहित युनाइटेडले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा २५ सय अस्ट्रेलियन डलर प्राप्त गरेका छन् भने उपविजेता ढोरपाटनले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा १५ सय डलर पाएका छन् । युनाइटेडलाई च्याम्पियन बनाउन अलराउण्ड प्रर्दशन गरेका कप्तान समेत रहेका पारस भण्डारी उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगितालाई बृहत बनाउन र नेपाली समुदायमा भलिबल खेलको विकासका लागि राज्यस्तरीय भलिबल टुर्नामेन्ट आयोजना गरिएको क्लबका सचिब राजकुमार केसीले जानकारी दिए । प्रतियोगितामा क्यानवेरा र सिड्नीका विभिन्न ८ क्लबले सहभागिता जनाएका थिए । प्रतियोगितालाई गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहकार्यमा हरेक बर्ष सञ्चालन गर्ने तयारी भएको क्लबले जनाएको छ ।

(Visited 187 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services