नेपालले भारतसँग टि-२० पनि खेल्ने
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

बीसीसीआइले सेप्टेम्बर २०२३ मा चीनको हाङ्झाउमा हुने एसियाली खेलकुदमा पुरुष र महिला टोली पठाउने घोषणा गरेको छ। बीसीसीआईले ट्वीट गर्दै यसको पुष्टि गरेको हो । यससँगै नेपालले भारतसँग टि-२० फर्म्याटमा पनि खेल्न पाउने भएको हो । नेपालले भारतको राष्ट्रिय टिमसँग यसै वर्ष एसिया कपमा एसदिवसीय खेल खेल्दैछ । एसियन गेम्स एसिया कप सकिएको ६ दिनपछि सुरु हुनेछ ।

यसैबीच, एसियाली खेलकुदको तालिका आईसीसी क्रिकेट विश्वकप २०२३ सँग ओभरल्याप हुँदैछ। यो ओभरल्यापलाई ध्यानमा राख्दै बीसीसीआईले विश्वकपमा सहभागी नहुने खेलाडीको अतिरिक्त एसियाली खेलकुदमा खेल्ने टोली छनोट गर्नेछ । एसियाली खेलकुदमा भारतीय क्रिकेट टोलीले भाग लिने यो पहिलो पटक हो ।

भारतको क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले शुक्रबार चीनको हाङ्झाउमा हुने २०२३ एसियाली खेलकुदमा पुरुष र महिला क्रिकेट टोली सहभागी हुने पुष्टि गरेको छ। एसियाली खेलकुद यस वर्ष सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने तय भएको छ । भारतले पहिलो पटक एसियाली खेलकुदमा क्रिकेट प्रतियोगिताका लागि टोली पठाउने भएको छ । योसँगै ओडीआई विश्वकप पनि अक्टोबर ५ बाट भारतमा सुरु हुँदैछ, त्यसैले अन्य खेलाडी पनि यो टोलीमा खेल्न जान सक्नेछन् ।

एसियाली खेलकुदमा क्रिकेटलाई दुई पटक समावेश गरिएको छ । तर सन् २०१८ मा जकार्तामा भएको अन्तिम पटक यसलाई समावेश गरिएको थिएन। हाङ्झाउमा टि-२० ढाँचामा क्रिकेट खेलाइनेछ। मिडिया रिपोर्टका अनुसार शिखर धवन एसियाली खेलकुद २०२२ मा भारतीय पुरुष क्रिकेट टोलीको कप्तान हुन सक्नेछन् । योसँगै एनसीए प्रमुख भिभिएस लक्ष्मणले प्रशिक्षकको जिम्मेवारी लिन सक्नेछन् ।

बीसीसीआईले यस प्रतियोगितामा पुरुष र महिला दुवै टोली पठाउन सहमत भएको छ। तर, एसियाली खेलकुदको मिति एकदिवसीय विश्वकप (अक्टोबर ५–नोभेम्बर १९) सँग भिड्ने भएकाले पुरुषतर्फ दोस्रो दर्जाको टोली चीन जानेछ । महिला खण्डमा पूर्ण बलियो टोली पठाइनेछ। यदि ऋतुराज गायकवाड र यशस्वी जैसवाल जस्ता खेलाडी विश्वकप टिममा छनोट भएनन् भने उनीहरुले पनि एसियाली खेलकुदमा मौका पाउन सक्छन् ।

१९ औँ एसियाली खेलकुद गत वर्ष सेप्टेम्बर १० देखि २५ सम्म हुने तय भएपनि चीनमा कोरोना बढेपछि रद्द गरिएको थियो । यी खेलहरू तेस्रो पटक चीनमा आयोजना हुँदैछन्। सन् १९९० मा चीनको राजधानी बेइजिङले एसियाली खेलकुद आयोजना गरेको थियो भने सन् २०१० मा ग्वाङ्झाउमा एसियाली खेलकुद आयोजना भएको थियो ।

एसियाली खेलकुदमा तेस्रो पटक क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । २०१० र २०१४ का खेलहरूमा पनि क्रिकेट कार्यक्रमहरू आयोजना गरिएका थिए, जहाँ बीसीसीआइले पुरुष वा महिला टोली पठाएको थिएन। सन् २०१० को खेलकुदमा बंगलादेश र पाकिस्तानले क्रमशः पुरुष र महिलामा स्वर्ण जितेका थिए। र २०१४ मा श्रीलंकाले पुरुषतर्फ र पाकिस्तानले महिलातर्फ स्वर्ण जितेको थियो।

(Visited 936 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services