६ महिना धरान उपमहानगरमा गएर काम गर्छु : राजेन्द्र लिङ्देन
प्रकाशित मितिः1 year ago

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ६ महिना धरान उपमहानगरमा गएर काम गर्ने बताएका छन् ।

राप्रपा सम्पर्क समाज समन्वय विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक स्थानीय तहलाई राप्रपासँग जोड्न आवश्यक रहेको बताए ।

उनले भने, ‘देशलाई माया गर्ने, धर्मलाई माया गर्ने र देशभित्र नै रोजगारी सिर्जना होस् भनेर चाहना राख्नेहरूको पार्टी राप्रपा हो भनेर बुझाउने र उनीहरूलाई राप्रपामा जोड्ने कामको प्रारम्भ भएको छ । म आफै धरान उपमहानगरपालिकामा ६ महिनाका लागि जाँदै छु । ’

उनले हरेक नेता ६ महिनाका लागि निश्चित स्थानीय तहसँग जोडिनुपर्ने बताए ।
६ महिनामा दैनिक त्यहाँ बस्न सम्भव नभएपछि धेरैजसो समय स्थानीय तहलाई दिने र वडा वडाबाट जनताका कुरा सुन्नुपर्ने उनले बताए ।
(Visited 16 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services