
डोटीमा शुक्रबार राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ ।
घर भत्किँदा च्यापिएर दिपायल सिलगढी नगरपालिका-५ गैराकी ३० वर्षीया गङ्गा मालासीको मृत्यु भएको हो ।
प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राति नै उद्धारको प्रयास गरे पनि मलासीको शव आज बिहान मात्र निकाल्न सकेको प्रहरी निरीक्षक जोशीले बताए ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services