मिटरब्याज पीडितले दिए देशभरबाट झण्डै २४ हजार उजुरी
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

मिटरब्याज पीडितले देशभरबाट अहिलेसम्म झण्डै २४ हजार उजुरी दिएका छन् । सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अनुसार परेका उजुरीमध्ये एक हजार तीन सय ८५ वटामा मेलमिलाप भएको छ । यसअघि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिनसक्ने व्यवस्था गरेको थियो ।

आयोगका सदस्य एवं पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उत्तमराज सुवेदीका अनुसार फर्छ्याैट भएका उजुरीमध्ये ३० प्रतिशत अदालतबाट फैसला भएका मुद्दासमेत रहेका छन् । यसअघि अदालतबाट पीडितकाविरुद्धमा फैसला भएको भन्दै उनीहरुले त्यस्तो निर्णय खारेजी हुनुपर्ने माग समेत गरेका थिए । आयोगका सदस्य सुवेदीका अनुसार पीडितहरूले अहिलेसम्म साहुको नाममा पुगेका ३० कित्ता जग्गा समेत फिर्ता पाइसकेका छन् ।

आयोगले अहिले मेलमिलापलाई नै प्राथमिकता दिएको र मिलाप हुन नसकेका गम्भीर प्रकृतिका घटनाका विषयमा मात्रै कारबाहीका लागि सिफारिस गर्ने तयारी छ । आयोगले गएको वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना गरी काम अगाडि बढाएको छ ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services