एनआरएनए निर्वाचन: अध्यक्षका प्रत्यासीहरुको राज्य दौडाहा
प्रकाशित मितिः1 year ago

सिड्नी । जुलाई २९ मा हुने एनआरएनए अस्ट्रेलियाको निर्वाचनका लागि अध्यक्षका प्रत्यासीहरुले राज्यस्तरमा प्रचार–प्रसारलाई तीब्रता दिन थालेका छन् । अस्ट्रेलियाका हरेक राज्यमा फरक–फरक प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका उनीहरुले विभिन्न अन्तरक्रिया कार्यक्रमहरु पनि आयोजना गर्दै आएका छन् । यसपटक नेतृत्वका लागि डिला खरेल, अनिल पोखरेल र देब गुरुङले उम्मेदवारी घोषणा गर्दै चुनावी मैदानमा होमिएका छन् । त्रिपक्षीय भिडन्त हुने भएकाले उम्मेवारहरुले तटस्थ मतदातालाई आकर्षित गर्न लागिपरेका छन् ।

निर्वाचनका मिति नजिकिएसँगै युवाहरुको प्रतिनिधित्व गर्दै उम्मेदवारी दिएको दाबी गरेका अनिल पोखरेलले शनिबार मात्रै एनएसडब्लुको प्यानल घोषणा गर्दै अन्य राज्यहरुमा पनि प्रचारलाई तीब्रता दिएका छन् । त्यस्तै, अध्यक्षका प्रत्यासी डिला खरेल शनिबार चुनावी प्रचारका लागि तास्मनिया पुगेका छन् भने आइतबार उनले सिड्नीबाट थप आफ्नो प्यानल घोषणाको तयारी गरेका छन् । अध्यक्षका अर्का प्रत्यासी देव गुरुङ पनि भिक्टोरिया राज्यको मेलर्वन पुगेका छन् । यसैबीच, निर्वाचनमा सदस्यता शुल्क एउटै कार्डबाट तीनभन्दा बढीको भुक्तानी गरेको भेटिए खारेज हुने भएको छ ।

निर्वाचन समितिले सदस्यता शुद्धीकरणलाई थप सशक्त बनाउन यस्तो कदम चालेको दाबी गरेको छ । प्रमुख निर्वाचन आयुक्त घोतानेका अनुसार एउटै कार्डबाट गरिएको सदस्यता शुल्क भुक्तानी रहेछ भने पहिलो तीन जनाको मात्र सदस्यता मान्य हुनेछ। कसैले अरू पाँच जनालाई पहिले सदस्य बन्नका लागी पैसा तिरिदिएको र आफू छैठौं वा चौंथो क्रममा रहेको पाइएमा त्यस्ता व्यक्तिकै सदस्यता समेत खारेज हुनेछ।

(Visited 20 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services