चलचित्र ‘आदिपुरुष’का लेखकले मागे माफी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

काठमाडौँ । विवादास्पद हिन्दी चलचित्र आदिपुरुष’का लेखक मनोज मुन्ताशिर शुक्लाले माफी मागेका छन् । चलचित्र हिन्दु धर्मका बारेमा गलत प्रचार गरेको र रामायणका पात्रहरूलाई गलत रूपमा देखाएको भन्दै आलोचना भएपछि शुक्लाले माफी मागेका हुन् ।

शनिबार बिहान ट्विट गर्दै मनोजले भनेका छन्, ‘म बिना शर्त माफी माग्छु । आदिपुरुष फिल्मले जनताको भावनामा चोट पुर्‍याएको म स्वीकार गर्छु । मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निस्शर्त माफी चाहन्छु। भगवान् बजरङ्ग बालीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटुट रहन र हाम्रो पवित्र शाश्वत र महान् देशको सेवा गर्ने शक्ति दिनुहोस्’

चलचित्र आदिपुरुषको संवादलाई लिएर विवाद भएपछि मनोज मुन्तासिरले आफ्नो लेखनको बचाउ गर्दै आएका थिए ।

(Visited 6 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services