एसिसी इमर्जिङ टिम्स एसिया कपमा कुनैपनि खेलले ओडिआई मान्यता नपाउने
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

एक सातापछि श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा आफ्नो प्रमुख टोली पठाउने नेपाल एकमात्रै देश हुने भएको छ । इमर्जिङ टिम्स एसिया कपमा पाँच टेस्ट र तीन एसोसिएट टोलीको सहभागिता छ ।

टेस्ट टोलीले आफ्नो यू-२३ वर्ष मुनिका खेलाडी पठाउने गर्दछन् । नेपालको समूहमा रहेको भारत र पाकिस्तानले पनि यू२३ खेलाडी घोषणा गरेका छन् । एसोसिएट टोलीमा भने कुनैपनि खेलाडीले खेल्न पाउने गर्दछन् ।

ओमान र युएईले आफ्नो प्रमुख टोली नपठाउने भएको छ । त्यसैको कारण नेपाल मात्रै इमर्जिङ टिम्समा प्रमुख टोली पठाउने भएको छ । युएई र ओमानले आफ्नो प्रमुख टोली नपठाएपछि प्रतियोगिता कुनैपनि खेल ओडिआई मान्यता हुनेछैन । यदि प्रमुख खेलाडी पठाएको भए नेपाल, ओमान र युएईबीचको खेलले ओडिआई मान्यता पाउन सक्ने सम्भावना रहन्थ्यो ।

नेपाल क्रिकेट संघ (क्यान) क्रिकेट म्यानेजर विनोद दासले एसिसी इमर्जिङ कपमा कुनैपनि खेल ओडिआई मान्यता नहुने बताएका छन् ।

‘एसिसी इमर्जिङ टिम्स एसिया कपमा कुनैपनि खेल ओडिआई मान्यता हुनेछैन । लिष्ट ए हुने वा नहुने पक्का भएको छैन । युएई र ओमानका केहि खेलाडी प्रतियोगितामा उपलब्ध नहुँदा उनीहरुले ए टोली पठाउने भएका हुन् । उनीहरुले ए टिम पठाउने भएपछि ओडिआई नहुने पक्का भएको । ओमानका कप्तानसहित केहि खेलाडी घाइते छन् । हामीलाई थाहा भए अनुसार युएईका केहि प्रमुख खेलाडी उपलब्ध नहुने भएपछि ए टोली पठाउने जनाएका छन्

प्रतियोगिता १३ जुलाई देखी २३ जुलाई सम्म श्रीलंकामा हुनेछ । नेपाल समूह बी मा छ । नेपाल, युएई, पाकिस्तान र भारत ए छन् । त्यस्तै समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् ।

(Visited 39 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services