बंगलादेशका पूर्व ओडिआई कप्तान तमिम इकबालले एक दिनमै सन्न्यास फिर्ता लिए
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

बंगलादेशका पूर्व ओडिआई कप्तान तमिम इकबालले एकदिनमै आफ्नो सन्न्यास फिर्ता लिएका छन् । बिहीबार तत्कालको लागि लागु हुने गरि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका थिए । तर शुक्रबार बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेटेपछि सन्न्यास फिर्ता लिने भएका छन् ।

तमिम, उनकी श्रीमती, बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नाज्मुल हसन र पूर्व तीव्र गतिका बलर मशफे मुर्तजाले प्रधानमन्त्री शेख हसिनालाई भेटेका थिए ।

भावुक रुपमा अप्रत्याशित सन्न्यासपछि तमिमलाई भेट्न प्रधानमन्त्री हसिनाले बोलाएकी थिइन् । प्रधानमन्त्रीसँग लामो समय छलफलपछि उनी क्रिकेटमा फर्किने निर्णय लिएका हुन् । उनले प्रधानमन्त्री हसिनालाई डेढ महिना विश्राम र आफनो चोटको उपचार गरेर क्रिकेटमा फर्किने बताएका छन् ।

अफगानिस्तानसँग बुधबार पराजित भएपछि बिहीबार एक्कासी सन्न्यास लिएका थिए । तमिमले सन्न्यास लिएपछि बंगादेशले शनिबार र मंगलबार अफगानिस्तानसँग हुने बाँकी दुई ओडिआई खेलको लागि लिटन दासलाई कप्तानीको जिम्मेवारी दिएको थियो ।

३४ वर्षीय तमिमले बंगलादेशबाट ७० टेस्ट, २ सय ४१ ओडिआई र ७८ ठि२० आई खेल खेलेका छन् । टेस्टमा उनले १० शतक र ३१ अर्धशतकसहित ५ हजार १ सय ३४ रन बनाएका छन् ।

ओडिआईमा १४ शतक र ५६ अर्धशतकसहित कुल ८ हार ३ सय १३ रन बनाएका छन् । उनले २०१५ मा पाकिस्तानविरुद्ध टेस्ट खेलमा २ सय ६ रनको दोहोरो शतकीय इनिङ खेलेका थिए ।

उनले २००७ मा बंगलादेशको टोलीबाट डेब्यू गरेका थिए । टि२० आईमा भने उनले गतवर्ष नै सन्न्यास लिएका थिए । तमिमले २०२१ को एभरेष्ट प्रिमियर लिग ९इपिएल० भैरहवा ग्ल्याडियटर्सबाट खेलेका थिए ।

उनले इपिएलमा ५ खेलमा ६८ रन बनाएका थिए । आगमी अक्टोबर नोभेम्बरमा एकदिवसीय विश्वकप भारतमा हुँदैछ । सेप्टेम्बरमा श्रीलंका र पाकिस्तानमा एसिया कप आयोजना हुनेछ ।

(Visited 5 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services