देवको नेपाली टोलीमा पूनरागमन
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

युवा ब्याटर देव खनालले नेपाली क्रिकेट टोलीमा १० महिनापछि पूनरागमन गरेका हुन् । नेपालले एक साताछि श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्ने १६ सदस्य टोली घोषणा गर्दा देव नेपाली टोलीमा फर्किएका छन् ।उनी १० महिनापछि नेपालको टोलीमा फर्किएका हुन् । देवले पछिल्लो पटक नेपालको टोलीमा गत वर्ष भदौंमा केन्या भ्रमणमा थिए । त्यसपछि टोली बाहिर भएका थिए ।

‘खेलाडीको लागि कहिले काहिँ राम्रो गर्दा पनि परिदैन । केहि कठिन समय हुन्छ । म यसैको पर्खाई गरेको थिए । यो मौका पाएपछि त्यहाँ गएर प्रदर्शन भएन भने फेरि टोली बाहिर हुने सम्भावना पनि रहन्छ । यहाँबाट ठूलो पूनरागमनको अपेक्षा छ’, देवले नेपालको टोलीमा परेपछि हाम्रो खेलकुदसँग भने ।

‘टिममा नभएको १० महिना भई सक्यो । समयले पनि अलिकति साथ दिएन । राम्रो गर्दा गर्दै पनि मौका पाएन । टिमको सन्तुलन पनि यस्तो भयो कि कसैलाई निकाल्न पनि मिलेन । क्रिकेट यहिँ हो । नेपालमा क्रिकेट प्रतिस्पर्धा बढेको छ । नेपालमा मौका कमै पाइन्छ । त्यसलाई सदुपयोग गरेर अघि बढ्यो । राम्रो गर्ने दबाब पनि छ । दबाबले नै खेलाडी निखारिन्छ भन्छन्’, देवले भने ।

गत चैतमा एसिसी प्रिमियर कपको लागि २१ सदस्य टोली घोषणा गर्दा देव नेपालको बन्द प्रशिक्षणमा थिए । तर उनी अन्तिम टोलीमा पर्न सकेका थिएनन् । देवले पछिल्लो पटक नेपाली टोलीबाट केन्या भ्रमणमा अन्तिम दुई एकदिवसीय अभ्यास खेल खेलेका थिए ।

नेपाललाई ८ वर्षपछि यू१९ विश्वकपमा पुर्याउन कप्तान समेत रहेका देव खनालले गत फागनुमा युएईमा सम्पन्न आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा सानदार प्रदर्शन गरेका थिए । नेपाललाई अपराजित रहँदै आगमी वर्ष श्रीलंकामा हुने यू१९ विश्वकपमा पुर्याउन देवल ब्याटिङ, कप्तानी र फिल्डिङ तीनै उत्कृष्ट प्रदर्शन गरेका थिए ।

देवले ५ खेलमा १ शतक र १ अर्धशतकसहित कुल १ सय ९७ रन बनाएका थिए । कुवेतलाई हराउन देवले १ सय १७ बलमा ९ चौका र ३ छक्कासहित १ सय २५ रनको सानदार शतकीय इनिङ खेलेका थिए । तर त्यो शतक भन्दा पनि अझ उत्कृष्ट उनले फाइनल सहर मानिएको युएईविरुद्ध १९–३ को अवस्थाबाट ५१ रन जोडेका थिए ।

देवले नेपालबाट १० ओडिआई खेलमा २ अर्धशतकसहित कुल २ सय ५३ रन बनाएका छन् । देव नेपाली ब्याटिङको भविष्यको रुपमा हेरिदै आएका छन् ।

उनले २०२२ मा पपुवा न्युगिनीविरुद्ध पहिलो ओडिआई खेलमा सिनियर टोलीमा डेब्यू गरेका थिए । त्यसपछि उनी नेपाली टोलीमा नियमित सदस्य थिए । तर गत सेप्टेम्बरमा केन्या भ्रमणपछि टोलीबाट बाहिर हुनु परेको थियो ।

(Visited 21 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services