कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण,चौतर्फी आलोचना
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नु भएको छ ।  प्रदेश प्रमुख पर्शुराम खापुङले उहाँलाई शपथ ग्रहण गराउनु भएको हो ।

थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नु भएको छ । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन ।

माओेवादी केन्द्रबाट जीवन आचार्यलाई मन्त्री बनाउने तयारी भए पछि विवाद भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कान्छा ज्वाइँ समेत रहेका आचार्य यसअघि पनि एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पर्यटन, वन तथा वातावरणमन्त्री हुनुहुन्थ्यो ।

थापालाई मुख्यमन्त्री बनाउन हिजो सभामुख बाबुराम गौतमले समेत हस्ताक्षर गर्नुभएको थियो । यसको चौतर्फी आलोचना भइरहेको छ ।

(Visited 3 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services