पहिलो रोजाईका ८ खेलाडी नै नभएको नेदरल्यान्ड्स १२ वर्षपछि विश्वकपमा
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

नेदरल्यान्ड्सले आइसिसी विश्वकपमा १२ वर्षपछि स्थान बनाएको छ । जिम्बावेमा जारी आइसिसी विश्वकप छनोटमा नेदरल्यान्ड्सले स्कटल्यान्डमाथि चार विकेटको सानदार जितका साथ २०११ पछि विश्वकपमा स्थान बनाएको हो ।

आफ्नो पहिलो रोजाईको प्लेइङ-११ का प्रमुख ८ खेलाडी विना नै विश्वकप छनोट खेल्न जिम्बावे आएको नेदरल्यान्ड्स अविश्वसनीय रुपमा आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने विश्वकपमा स्थान बनाएको छ । नेदरल्यान्ड्सले सुपर सिक्सको आफ्नो अन्तिम खेलमा स्कटल्यान्डलाई ४ विकेटले हराउँदै विश्वकपमा पुगेको हो ।

इंग्ल्यान्डको चर्चित घरेलु क्रिकेट काउन्टीका विभिन्न टोलीले खेलाडी नछोडेपछि नेदरल्यान्ड्सका प्रमुख खेलाडी विना नै विश्वकप छनोट खेल्न जिम्बावे आएको थियो । तर सानदार प्रदर्शनका साथ विश्वकपमा स्थान बनाएको छ ।

नेदरल्यान्ड्सले तीन टेस्ट टोली वेस्टइन्डिज, आयरल्यान्ड र जिम्बावेलाई पछि पार्दै विश्वकप खेलेको हो । समान ६ अंक भएपनि स्कटल्यान्ड र जिम्बावेलाई नेटरनरेटमा पछि पार्दै विश्वकपमा स्थान बनाएको हो ।

नेदरल्यान्ड्सका मध्यक्रमका भरपर्दा ब्याटर टम कुपर, कोलिन एकरम्यान, तीव्र गतिका बलिङ अलराउन्डर पल भान मार्केन, फर्द क्लासेन, ब्रेन्डन ग्लोभर, टिम भान डर गुर्टेन, शेन स्नेटर र रोलेफ भान मर्वे नेदरल्यान्ड्सको टोलीमा थिएनन् ।

यी आठ खेलाडी नेदरल्यान्ड्सको पहिलो रोजाईमा खेल्दै आएका थिए । अझ नेदरल्यान्ड्सको तेस्रो रोजाईको तीव्र गतिको बलिङ आक्रामण जिम्बावेमा आउनु परेको थियो ।

तर लोगन भान बिक, रयान केलिन र बास डि लिडेले त्यसको अभाव महसुस हुन दिएनन् । टिम भान डर गुर्टेन र शेन स्नेटर बाहेक अन्य सबै खेलाडी काउन्टीको कारण आएका थिएनन् ।

बास डि लिडे विश्वकप छनोट खेल्न आउने एक मात्रै काउन्टी खेल्न गएका डच खेलाडी थिए । उनलाई भने काउन्टी टोली धुरमले छाडेको थियो । लिडे नै खेलको हिरो बने । निर्णायक खेलमा स्कटल्यान्डलाई हराउन लिडेले पाँच विकेट लिनुको साथै १ सय २३ रनको सानदार अलराउन्ड प्रदर्शन गरे ।

उता नेदरल्यान्ड्सले समूह चरणमा अमेरिकालाई ५ विकेट, नेपाललाई ७ विकेट र वेस्टइन्डिजलाई सुपर ओभरमा हराएको थियो । जिम्बावेसँग ६ विकेटले पराजित हुन पुगेको थियो । सुपर सिक्समा श्रीलंकासँग २१ रनले पराजित हुँदा ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७४ रनले हराएको थियो ।

नेदरल्यान्ड्सले पछिल्लो पटक २०११ मा भारतमा सम्पन्न विश्वकप खेलेको थियो । त्यसपछि दुई विश्वकप २०१५ र २०१९ खेल्न सकेको थिए । नेदरल्यान्ड्सले भारतबाट नै विश्वकपमा पूनरागमन गर्नेछ । नेदरल्यान्ड्सले पहिलो विश्वकप १९९६ मा खेलेको थियो । १९९९ को विश्वकप भने खेल्न सकेको थिएन । त्यसपछि २००३, २००७ र २०११ सम्म लगातार विश्वकप खेलेको थियो ।

२०११ को विश्वकपमा नेदरल्यान्ड्सले सबै ६ हारेको थियो । त्यस्तै सन् १९९६ मा सबै खेल हार्दा २००३ र २००७ मा एक एक खेल जितेको थियो । २००३ मा नामिबिया र २००७ मा स्कटल्यान्डलाई हराएको थियो ।

नेदरल्यान्ड्स आइसिसी विश्वकप सुपर लिगमा शीर्ष आठमा पर्न नसकेपछि विश्वकप छनोट खेल्नु परेको थियो । सुपर लिगमा नेदरल्यान्ड्स प्रतिस्पर्धा गर्ने एक्लो एसोसिएट टोली थियो । नेदरल्यान्ड्सले २०१५–१७ को विश्व क्रिकेट च्याम्पियनसिप जितेको कारण १२ टेस्ट टोलीसँग खेल्ने अवसर पाएको थियो ।

सुपर लिगमा भने नेदरल्यान्ड्स पुछारमा रहेर छनोट खेल्न आएको थियो । काउन्टीको कारण आफ्ना प्रमुख ८ खेलाडी विनानै छनोट खेल्न आएको थियो । बास डि लिडे, लोगन भान बिक र स्कट एडवार्ड्स हिरो बन्दा विश्वकपमा स्थान बनाएको हो ।

नेदरल्यान्ड्सलाई विश्वकपमा पुग्न समूह चरणमा वेस्टइन्डिजसँगको खेल निर्णायक जस्तै बन्यो । वेस्टइन्डिजले दिएको ३ सय ७५ रनको विशाल लक्ष्य नेदरल्यान्ड्सले अन्तिम बलमा टाई गरेको थियो । सुपर ओभरमा लोगन भान बिकले जेसन होल्डरलाई ३० रन प्रहार गरेपछि महत्वपूर्ण २ अंक पाएको थियो । सुपर सिक्समा ओमान र स्कटल्यान्डसँगको जितले विश्वकप यात्रा पक्का गराएको हो ।

उता नेदरल्यान्ड्सले समूह चरणमा अमेरिकालाई ५ विकेट, नेपाललाई ७ विकेट र वेस्टइन्डिजलाई सुपर ओभरमा हराएको थियो । जिम्बावेसँग ६ विकेटले पराजित हुन पुगेको थियो ।

सुपर सिक्समा श्रीलंकासँग २१ रनले पराजित हुँदा ओमानलाई डकवर्थ लेविस पद्धतिको आधारमा ७४ रनले हराएको थियो । नेदरल्यान्ड्सले उपाधिको लागि श्रीलंकासँग खेल्नेछ । श्रीलंकालेपनि विश्वकपमा स्थान बनाएको छ ।

(Visited 14 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services