काठमाडौँमा साझाको सेवा विस्तार
✍ नेपाली न्यूज संवाददाता ।
प्रकाशित मितिः1 year ago

काठमाडौ । काठमाण्डौको रत्नपार्क हुँदै ललितपुरको लेलेसम्म आजदेखि साझा बस चल्ने भएको छ । साझा यातायातले सेवा विस्तार गर्दै आजदेखि रत्नपार्क – लेले रुटमा गाडी चलाउन थालेको हो ।

अहिले डिजेलबाट चल्ने चार वटा गाडीलाई यो रुटमा हालेको साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार यो रुटमा बिहान ६ बजेदेखि बेलुका सात बजेसम्म साझाका गाडी चल्ने छन् ।

साझाका गाडी रत्नपार्क, पुरानो बसपार्क, थापाथली, पुल्चोक, जावलाखेल, लगनखेल, चापागाउँ–थेचो–सुनाकोठी हुँदै लेले पुग्ने छन् । लेलेबाट छुट्ने गाडी पनि यही रुट अनुसार चल्ने छन् । ललितपुरको गोदावरीमा चार्जिङ स्टेशन बनेपछि यो रुटमा विद्युतीय गाडी चलाउने तयारी भएको महाप्रबन्धक पाण्डेले बताउनुभयो ।

साझाले खरिद गरेको ४० वटा विद्युतीय बसमध्ये अहिलेसम्म १८ वटा सञ्चालनमा छन् । बाँकी बस सञ्चालन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । अपाङ्गता भएकाहरु चढ्न मिल्ने र्‍याम्पसहितको सुविधा भएको  विद्युतीय बस खरिद गर्न २०७८ साल चैत १३ गते साझाले ग्लोबल टेन्डर आह्वान गरेको थियो ।

यो बसमार्फत् स्वदेशी तथा विदेशी पर्यटकले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाण्डौ दरबार स्क्वायर, नारायणहिटी दरबार सङ्ग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूको भ्रमण गर्न पाउँछन् । त्यसका  लागि दिनको पाँच सय रुपैयाँका दरले बसको टिकट तोकिएको छ ।

(Visited 9 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services