एनआरएनए आइसीसी सदस्यमा मनदराजको उम्मेदवारी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । जुलाई २९ मा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यहिबीचमा, गैरअवासीय नेपालीको हकहितका पक्षमा पौरवी गर्दै आएका मदनराज पौडेलले एनआरएनएको आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

भिक्टोरिया राज्यको मेलर्वनमा बस्ने पौडेलले एनआरएन आन्दोलनलाई थप सशक्त बनाउन आवश्यक रहेको निस्कर्ष सहित उम्मेदवारी घोषणा गरेका हुन् । ‘देश बाहिर विश्वभर हुर्किरहेको दोश्रो नेपाली पुस्तालाई आफ्नो भाषा, माटो र संकृति भित्रको सुलभ पहुँच र अधिकारलाई नविन योजनाका साथ सार्थक वनाऊनाका निम्ती मैले उम्मेदवारी घोषणा गरेको हुँ’, उनले भने । आफु विजयी भए, एनआरएनएमा युवाहरुको प्रतिनिधित्वलाई थप फराकिलो बनाउन पहल गर्ने उनको भनाइ छ ।

‘एनआरएनएलाई प्रवासमा बस्ने आम नेपालीहरुको संस्था बनाउन आवश्यक छ, यसमाथि लागेको भ्रमहरुलाई चिर्दै जानुपर्नेछ’, उनले थपे । नेपालमा रहँदा देखि नै सामाजिक कार्यमा सक्रिय पौडेलले एनआरएनए अस्ट्रेलियामा विद्यार्थीका समस्या र युवाहरुका प्रतिनिधित्वका विषयमा निरन्तर आवाज उठाउंदै आएका छन् । पौडेलले, अनिल पोखरेलको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

(Visited 118 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services