विश्वकप छनौटमा कुन खेलाडीको प्रर्दशन कस्तो ?
प्रकाशित मितिः1 year ago

सिड्नी । भारतमा आगामी अक्टोबर/नोभेम्बरमा आयोजना हुने विश्वकपमा छनौट हुने लक्ष्यका साथ जिम्बाबे पुगेको नेपाली टोली, समग्रमा अनुभव सँगालेर फर्किदैछ । टेस्ट नेशनहरु वेस्टइन्डिज, जिम्बाबे र आयरल्याण्डजस्ता टोलीहरुसँग प्रतिस्पर्धात्मक र सम्मानजनक प्रर्दशन गर्नु सक्नु नै यस प्रतियोगिताको मुख्य उपलिब्ध मानिएको छ । समूह चरणमा नेदरल्याण्डसँग फराकिलो हारका कारण सुपरसिक्समा प्रवेश गर्न नसकेपनि, नेपालले प्रतियोगितामा आफ्नो परम्परागत प्रतिस्पर्धीहरु युएई र अमेरिकालाई पराजित गरेर एशोसिएट क्रिकेटमा दबदबा जमाउन भने सफल भएको छ ।

सबैभन्दा पहिला, चर्चा गरौँ, व्याटिङको । यस प्रतियोगितामा नेपालले व्याटिङमा सम्मानजक प्रर्दशन गर्न सफल रह्यो । सुपरसिक्स प्रवेशका लागि निर्णायक मानिएको, नेदरल्याण्ड विरुद्धको खेलमा, खराब व्याटिङ गरेपनि, अन्य सबै खेलमा नेपालले सुधारिएको व्याटिङ गरेको थियो । टेस्ट नेशन जिम्बाबे र आयरल्याण्ड विरुद्ध पहिला व्याटिङ गर्दै जिम्बावेलाई २९१ र आयरल्याण्डलाई २ सय ६९ रनको चुनौती पेश गर्नु, नेपाली टोलीको व्याटिङ सुधारिएको मान्न सकिन्छ ।

वेस्टइन्डिज विरुद्ध फराकिलो हार व्यहोरे पनि नेपाली व्याटरहरुले पूरै ५० ओभर व्याटिङ गर्दै २ सय ३८ रन बनाउन सक्नुलाई सम्मानजक प्रर्दशन मानिएको छ । व्यक्तिगत रुपमा कुशल भुर्तेल, गुलशन झा, सन्दीप लामिछाने र दिपेन्द्रसिँह ऐरीले शानदार व्याटिङ गरेका थिए ।

कुशल भुर्तेलले टेस्ट नेशन जिम्बाबे विरुद्ध ९९, नेदरल्याण्ड विरुद्ध २७, अमेरिका विरुद्ध ३९ जोडेका थिए । उनी, यस प्रतियोगितामा सबैभन्दा धेरै रन जोड्ने नेपाली व्याटर बनेका थिए । बलिङ अलराउण्डर गुलशन झाले बलिङसँगै व्याटिङमा पनि उत्कृष्ट प्रर्दशन गर्न सफल भए । उनले अन्तिम खेलमा आयरल्याण्ड विरुद्ध अविजित ५७ रनको पारी खेलेका थिए भने बलियो वेस्टइन्डिज विरुद्ध ४२ रन प्रहार गरेका थिए । यो प्रतियोगिताबाट सन्दीप लामिछाने बलिङ मात्र होइन्, व्याटिङ अलराउण्डरका रुपमा उदाएका छन् ।

नेपाल समस्यामा परेको बेला सन्दीपले तल्लोक्रममा भरपर्दो र उपयोगी इनिङ खेल्दै नेपालको उदार गरेका थिए । उनले आयरल्याण्ड विरुद्ध ३२, नेदरल्याण्ड विरुद्ध २७ र युएई विरुद्ध अविजित २३ रनको आकर्षक पारी खेलेका थिए । त्यसका साथै, कप्तान रोहित, कुशल मल्ल, भीम सार्की र अर्जुन साउदले मध्यम प्रर्दशन गर्दा, ओपनर आसिफ शेष, ज्ञानेन्द्र मल्ल र आरिफ शेषले सोचे जस्ता प्रर्दशन गर्न सकेनन् ।

बलिङ तर्फ, गुलशन झाले धेरैको मन जित्न सफल भए । केहि महँगो सावित भएपनि, करण केसीले आफ्नो स्टायन्डर कायम गर्न भए भने स्पिनरद्धय सन्दीप लामिछाने र ललितनारायण राजंवशीको प्रर्दशन औषत भन्दा माथि जान सकेन् । सोमपाल कामी जिम्बाबे विरुद्धको पहिलो खेलमै घाइते भएका कारण खेल्न नसक्ने भएपछि, उनको स्थानमा आएका किशोर महतोले अन्तिम खेलमा अवसर पाएका थिए ।

उनले आयरल्याण्ड विरुद्ध कसिलो बलिङ गर्दै राम्रो संभावना देखाएका छन् । पार्ट टायम बलरका रुपमा कुशल मल्लले प्रभाव जमाउन नसकेपनि, दिपेन्द्रसिँङ ऐरीले भने नाम अनुसारको काम गर्न सफल भएका थिए ।

(Visited 25 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services