युवा टोली फाइनलमा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । नेपाल एसिसी इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । अब नेपालले उपाधिका लागि मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सिँगापुरलाई ९७ रनले हराउँदे नेपाल फाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । १ सय ८५ रनको विजय लक्ष्य पछ्याएको सिँगापुर ३१ ओभरमा जम्मा ८७ रनमा अलआउट भयो । सिँगापुरका लागि रोशन रविचन्द्रले सर्वाधिक २४ रनको योगदान दिए भने अन्य कुनैपनि व्याटरले राम्रो प्रर्दशन गर्न सकेनन् ।

यअिघि, नेपालका लागि ओपनर निरज यादव ४२ र सुर्यांशु कोइरालाले ४३ रन बनाए । ओपनर सुर्यांशु र निरज यादवले पहिलो विकेटका लागि ११.३ ओभरमा ६३ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए । सूर्यांशले ४९ बलमा ६ चौकासहित ४३ रन बनाएका थिए ।

सुर्यांशु आउट भएपछि अन्य ब्याटरले भने राम्रो साझेदारी गर्न सकेनन् । विकेटकिपर आषिश लुहार ६ रनमै क्याच आउट हुन पुग,े मध्यक्रमका ब्याटर सन्तोष यादव २४ बलमा २ चौकासहित १८, प्रतिक भट्टराई १२ र अशोक धामी डक आउट भए । कप्तान अभिषेक तिवारी २१ बलमा १ चौका र १ छक्कासहित २५ रनमा आउट भए । दीपु कुमार १२, कृतिक कामत ५ र प्रतिक पोखरेल ३ रनको योगदान दिए
नेपालका लागि किरतिक कामतले सर्वाधिक ३ विकेट लिएका थिए ।

(Visited 17 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services