एनआरएनए अस्ट्रेलियाको अध्यक्षका प्रत्यासी गुरुङको प्यानल घोषणा
प्रकाशित मितिः3 years ago

सिड्नी । आगामी जुलाई २९ हुने गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचनका लागि अध्यक्षका प्रत्यासी देव गुरुङले आफ्नो प्यानल घोषणा गरेका छन् । सिड्नीमा आयोजित भेलाबाट आगामी सन् २०२३–२०२५ को कार्यकालका गुरुङले राज्य संयोजक सहित प्यानल घोषणा गरेका हुन् ।

गुरुङ यसअघि एनआरएनए अष्ट्रेलियाको न्यू साउथ वेल्स राज्य संयोजक तथा एनआरएएका उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।गुरुङको प्यानलबाट आइसीसीको सदस्यमा रेणुका लामा, कृष्णमान श्रेष्ठ, दिपक जोशी र चन्द्र ढकालले उम्मेदवारी दिएका छन् भने महासचिवमा उषा किरण बरिया पोखरेल छन् ।न्यु साउथ वेल्सको संयोजकमा अशोक उप्रेती, वेस्र्टन अष्ट्रेलियाको संयोजकमा शेखर घिमिरे, साउथ अष्ट्रेलियाको संयोजकमा चन्द्र कुँवर, नर्दन टेरोटोरीमा भवानी पौडेल, तास्मानियामा मुगेन गौतम गूरुङको प्यानलबाट चुनाव लड्ने छन्।

यसैबीच, न्यु साउथ वेल्स संयोजकको उम्मेदवारी बनेका अशोक उप्रेतीले आफ्नो प्यानल पनि सार्वजनिक गरेका छन् । उप्रेतीको प्यानलको उपसंयोजकमा दिपा जोशी, सचिवमा कल्याणी बर्तौला, सहसचिवमा आयुश अधिकारी, कोषाध्यक्षमा प्रशिद राई रहेका छन्। यसबर्ष एनआरएनए अस्ट्रेलियाको सदस्यता १९ हजार भन्दा बढी रहेका छन् ।

(Visited 87 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services