एनपिएललाई खेलाडीको लिलामी, नविनले पाए महँगो मूल्य
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः1 year ago

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा हुने दोश्रो संस्करणको नेप्लिज प्रिमियर लिग (एनपिएल)का चार फ्रेन्चाइज टोलीले अक्सन मार्फत ४३ खेलाडी अनुबन्धन गरेका छन् । अक्सनका लागि दर्ता भएका करिब १ सय ५० बाट टिमलाई आवश्यक खेलाडी अनुबन्धन गरिएको हो । नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया (एनसीएए)को आयोजनामा आगामी अगस्टमा प्रतियोगिता हुनेछ । मिति भने केहिदिन भित्र टुँगो लाग्नेछ ।प्रतियोगिताका लागि अक्सन मार्फत भाइव्रेन्ट वेगनास स्टार, पिरना से–फोक्सुण्डो स्टाइर्कस्, मेरिट छोरोल्फा च्यालेञ्जर्स्ले ११/११ र रे प्रपर्टीज् गोक्यो हिरोजले १० खेलाडी अनुबन्धन गरेको एनसिएएले जनाएको छ ।

अक्सनमा रे पपर्टीजले सबैभन्दा बढी २४ सय ५० डलर खर्चेका छन् । भाइव्रेन्ट वेगनास स्टारले २२ सय ५०, मेरिटले १८ सय ५० र सबैभन्दा कम १४ सय ५० डलर खर्चेका छन् । अक्सनमा फ्रेन्चाइज टोलीहरुलाई बढीमा २५ सय डलर खर्च गर्न गर्न पाउने सीमा तोकिएको थियो भने खेलाडीको न्यूनतम मूल्य एकसय डलर निर्धारण गरिएको थियो । अक्सनअघि, फ्रेन्चाइज टोलीहरुले गोल्ड र सिल्भर क्याटोगरीमा ३/३ खेलाडी रिटेन गरेका थिए ।

प्रतियोगितालाई थप फराकिलो र बृहत् बनाउन अक्सनदेखि अन्य कुराहरुलाई व्यवस्थित बनाउदै लगिएको एनसिएएका अध्यक्ष करण श्रेष्ठले जानकारी दिए । ति टोलीहरुले नामदर्ता भएका खेलाडीहरुलाई अक्सन मार्फत आफ्नो टिममा अनुबन्धन गर्ने नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया ( एनसीएए) का अध्यक्ष करण श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विजेता, उपविजेता र खेलाडीलाई गरि २५ हजार डलर पुरस्कार प्रदान गरिने अध्यक्ष श्रेष्ठको भनाई छ । पहिलो संस्करणको उपाधी पिरना से–फोक्सुण्डो स्टाइर्कस्ले जितेको थियो । प्रतियोगितालाई फिस्टेल होम्सले मुख्य प्रायोजन गरेको छ ।

नविनले पाए सबैभन्दा बढी मूल्य
अक्सन मार्फत अनुभवी क्रिकेटर नविन गुरुङले सबैभन्दा बढी मूल्य पाएका छन् । उनलाई रे प्रपर्टीज् गोक्यो हिरोज्ले ११ सय डलरमा आफ्नो टिममा अनुबन्धन गरेको हो । उनलाई आफ्नो टिममा भित्र्याउन फ्रेन्चाइज टोलीहरु बीच प्रतिस्पर्धा चलेको थियो । त्यस्तै, आदित्य महतालाई रे पपर्टीजले नै ८ सय ५० डलरमा खरिद गरेको छ ।

नितिश थापा ८ सय र अनुप वलीलाई ६ सय डलरमा भाइव्रेन्ट वेगनास स्टारले अनुबन्धन गर्दा मेरिट छोरोल्फा च्यालेञ्जर्स्ले विवेक केसीलाई ७ सय र विशाल सुनुवालाई ६ सय डलरमा खरिद गरेको छ । त्यस्तै, पिरना से–फोक्सुण्डो स्टाइर्कस्ले अनिल अमात्यलाई ४ सय ५० डलरमा टिममा समावेश गरेको छ ।

(Visited 219 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services