१४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 years ago

काठमाडौ । देशभरका ७५३ मध्ये करिब १४० स्थानीय तह अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन्। जनताको सबभन्दा नजिकको सरकार भनिने स्थानीय तहमा जाने कर्मचारीको चरम अभाव देखिएपछि ती स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन्।

प्रमुख प्रशासकीय अधिकृतको अभावमा कतिपय स्थानीय तहले आगामी आर्थिक वर्षको बजेटसमेत ल्याउन सकेका छैनन्। बजेट निर्माण र कार्यान्वयनमा प्रमुख भूमिका रहने प्रमुख प्रशासकीय अधिकृतसहितका जनशक्ति नै पर्याप्त नभएको भन्दै स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अतिरिक्त गाउँपालिका महासंघ र नगरपालिका संघमा गुनासो गर्ने गरेका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ४४ नगरपालिका र ९६ वटा गाउँपालिकाले बजेट ल्याउँदा निमित्त प्रमुख प्रशासकीय अधिकृत नगर तथा गाउँसभाको सचिव बन्नुपरेको थियो। संघीय तहमा उपसचिव र अधिकृत उपलब्ध नभएका कारण स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन नसकिएको मन्त्रालयस्थित स्थानीय तह कर्मचारी प्रशासन शाखाका उपसचिव खिलराज राईले बताए।

उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत नभएको ठाउँमा कार्यपालिकाको सिफारिसमा त्यहीँको ज्येष्ठ कर्मचारीलाई निमित्त तोकिएको र संघमा भएका झन्डै एक सय कर्मचारीलाई स्थानीय तहमा पठाइएको छ।

 

(Visited 85 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services