मलेसियालाई हराउँदै नेपाल सेमीफाइनलमा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । अलराउन्डर अशोक धामीको उत्कृष्ट प्रदर्शनमा नेपालले एसिसी इस्ट जोन कपमा घरेलु टोली मलेसियालाई ८४ रनले हराउँदै सेमिफाइनल पुगेको छ । नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।जितको लागि १ सय ८४ रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले ३३।५ ओभरमा ९९ रनमा अल आउट भयो । मलेसियाका मोहम्मद हैरिलले ५४ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २५ रन बनाए । मोहम्मद आलिफ ५२ बलमा २ चौकासहित १५ रनमा आउट भए । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका स्पिनर अशोक धामीले ७ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । अभिषेक तिवारीले ४।५ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । सन्तोष यादवले ७ ओभरमा २ मेडनसहित १८ रन खर्चेर २ विकेट लिए । कृतिक कामतले एक विकेट लिए ।त्यअसघि बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३३।४ ओभरमा १ सय ८३ रनमा अल आउट भएको थियो । नेपालको जितमा अशोक धामीले ३६ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ५२ रनको उत्कृष्ट इनिङ खेले । बलिङमा चार विकेट लिएका अशोकनै खेलको प्लेयर अफ द म्याच चुनिए ।

एक समय ९१(७ को दयनीय अवस्थामा पुगेको नेपाललाई फर्काउन अशोक र नरेन भट्टले आठौं विकेटका लागि ४५ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । नरेन भट्ट ४३ बलमा १ चौकासहित २९ रनमा आउट भएका थिए । नवौं विकेटका लागि अशोकले कृतिक कामतसँग ३९ रनको साझेदारी गरेका थिए । कामत १७ बलमा १ चौकासहित १६ रनमा आउट भए ।नेपालले निरज कुमार यादव ८, सूर्यांशु कोइराला २६ बलमा ५ चौकासहित २९, विकेटकिपर आषिश लुहार गोल्डेन डक, प्रतिक भट्टराई ४, दीपु कुमार १५ र सन्तोष यादव शून्यमा एलबीडब्लू आउट भएका थिए । मलेसियाका हजिक हैकवाल, मोहम्मद अक्रम, मोहम्मद मुकरी र एरिन अकिलले समान दुई विकेट लिए ।

(Visited 10 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services