क्यानबेरामा एनआरएनए भलिबल टुर्नामेन्ट हुने
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः2 years ago

सिड्नी । अस्ट्रेलियाको राजधानी क्यानेवरामा ‘एकदिवसीय एनआरएनए भलिबल टुर्नामेन्ट’ आयोजना हुने भएको छ । क्यानबेरा नेप्लिज भलिबल क्लबको आयोजनामा आगामी जुलाई ८ मा राज्यस्तरीय भलिबल टुर्नामेन्ट हुने क्लबका सचिब राजकुमार केसीले जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा क्यानवेराका अतिरिक्त सिड्नी लगायतका शहरबाट समेत भलिबल टोलीले सहभागिता जनाउने छन् ।

‘अहिलेसम्म सिड्नीबाट ४ टोली र क्यानबेराबाट ३ टोलीको टुगो लागेको छ’, उनले भने, ‘मेलर्वन, ब्रिसबेन लगायतका शहरमा रहेका नेपाली क्लबहरुलाई जानकारी गराएका छौँ ।’ प्रतियोगिताको मिति नजिकिएसँगै तयारीलाई समेत तीब्र पारिएको क्लबले जनाएको छ । क्यानवेराको ह्यारिसन स्कुलमा आयोजना हुने प्रतियोगितालाई गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहकार्यमा हरेक बर्ष सञ्चालन गर्ने तयारी भएको क्लबले जनाएको छ ।

‘एनआरएनएको एउटा कार्यक्रमको रुपमा हरेक बर्ष आयोजना गर्ने गरि छलफल भएको छ’ सचिब केसीले भने । यसबर्षको मुख्य प्रायोजक पनि एनआरएनएले नै गरेको छ । प्रतियोगितामा विजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा २५ सय अस्ट्रेलियन डलर प्राप्त गर्नेछन् भने उपविजेता टोलीले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा १५ सय डलरले पुरस्कृत गरिने क्लबले जनाएको छ ।

(Visited 55 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services