सिड्नी । जुलाईमा हुने निर्वाचनअघि गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्य सँख्या १९ पुगेको छ । यो सँख्या हालसम्मकै उच्च भएको उसको दाबी छ । जुन २७ तारिखसम्म तोकिएको समयसीमा भित्र १९ हजार १ सय २ जनाले आवेदन दिएको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले जानकारी दिए । ‘यो ऐतिहासिक क्षण हो, प्राप्त आवेदनलाई भेरिफाइई गर्ने क्रममा छौँ’, उनले भने ।
प्राप्त आवेदन अनुसार, सबैभन्दा बढी न्यू साउथ वेल्समा ५,४६०, भिक्टोरियामा २,४५५, क्विन्सल्याण्डमा १,७१३, वेस्टर्न अष्ट्रेलियामा १,६१८, साउथ अष्ट्रेलियामा १,५४७, तास्मानियामा १,३४०, अष्ट्रेलियन क्यापिटल टेरोटरीमा १,५७३ र नर्दन टेरोटरीमा ८,७३ जनाले आवेदन दर्ता गराएका छन् । यसअघि एनआरएनएको १६ हजार सदस्यता रहेको थियो ।
एनआरएनए अष्ट्रेलियाको नयाँ नेतृत्वको लागि आगामी जुलाई २९ मा निर्वाचन हुँदैछ। निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवार घोषणा गर्ने क्रम पनि बढेको छ । अहिलेसम्म अध्यक्षका लागि डिला खरेल, अनिल पोखरेल र देव गुरुङ उम्मेदवारी घोषणा गरिसकेका छन् ।
© 2023. All rights reserved. Designed By: HK Web Services