तामाङ सोसाइटी एनएसडब्लुको अध्यक्षमा विशाल तामाङ निर्वाचित
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 years ago

सिड्नी । तामाङ सोसाइटी न्यू साउथ वेल्स राज्यको अध्यक्षमा विशाल तामाङ निर्वाचित भएका छन् । सिड्नीको आश्वेरी ‘सिनियर सिटिजन हल’ मा आयोजित एक विशेष समारोहका बीचका बिशालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो । सोसाइटीको सह_अध्यक्षमा अविरल तामाङ, उपाध्यक्षमा ज्ञानक वाइबा र योनुज लामा, महासचिबमा दिनेश कुमार लामा, कोषाध्यक्षमा सोनाम तामाङ, सचिबमा सुवास लामा र सहकोषाध्यक्षमा डोमा तामाङ रहेका छन् ।

त्यस्तै, युवा संयोजकमा कमल तामाङ, साँस्कृतिक संयोजकमा मोवित तामाङ, सह–साँस्कृतिक संयोजकमा कुनसाङ घिसिङ रहेका छन् । कार्यसमितिका सदस्यहरुमा सञ्जय तामाङ, अनिल तामाङ, अनु तामाङ, नरेश लामा, किशोर तामाङ, सरु लामा र फूर्वा छिरिङ लामा रहेको सोसाइटीले जनाएको छ ।कार्यक्रममा प्रमुख अतिथि नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलियाको अध्यक्ष सुदर्शन थापा मगरले नयाँ नेतृत्व र कार्यसमितिलाई बधाई दिदै, विगतमा झैँ सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

त्यस्तै, पुर्व निन्फाका अध्यक्ष तथा वर्तमान किरात याक्थुम चुम्लुङका उपाध्यक्ष चित्र बहादुर तुम्बाहाम्फे र तामाङ समाज सिड्नीका संस्थापक एवं नेपाली आदिवासी जनजाति मञ्चका पुर्व अध्यक्ष अरुण तामाङले नयाँ नेतृत्व समाजको विकास लागि महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।कार्यक्रममा नवनिर्वाचित अध्यक्ष विशाल तामाङले सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका थिए । कार्यक्रम निवर्तमान अध्यक्ष सुनधोर्जे तामाङको अध्यक्षतामा र नवनिर्वाचित महासचिव दिनेश कुमार लामाको सञ्चालनमा सम्पन्न भएको थियो ।

 

(Visited 366 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services