बिसिएलमाथि एनसिएएको शानदार जित
✍ गोपाल छन्त्याल
प्रकाशित मितिः1 year ago

सिड्नी । मध्यक्रमका व्याटर राजु न्यौपाने र किर्तन ताम्राकारले विस्फोटक व्याटिङ गरेपछि नेप्लिज क्रिकेट एशोसिएशन अस्ट्रेलियाले (एनसिएए)ले बंगलादेश क्रिकेट लिग (विसिएल) माथि शानदार जित निकालेको छ । सिड्नीको क्रिकम पार्कमा शनिबार आयोजित मैत्रीपूर्ण खेलमा एनसिएएले बिसिएललाई ८३ रनको फराकिलो अन्तरले पराजित गरेको हो । टस जितेर व्याटिङ रोजेको एनसिएएले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन जोडेको थियो ।

एनसिएएलाई बलियो योगफल सम्म पुर्‍याउन मध्यक्रमका व्याटरद्धय राजु न्यापौन र किर्तन ताम्राकारले विस्फोटक अर्धशतकीय पारी खेलेका थिए । राजुले ३८ बलको सामना गर्दै ८ चौका र ३ छक्काको मदतमा ६६ रनको आकर्षक इनिङ खेले । पाँचौ नम्बरमा व्याटिङमा आएका किर्तन ताम्राकारले २५ बलमा ५१ रनको विस्फोटक पारी खेले । उनले ६ छक्का र ३ चौका प्रहार गरे । एनसिएएका लागि ओपनरद्धय शाहिल खान र राहुल श्रेष्ठले ३.३ ओभरमा ३१ रन जोड्दै मध्यम सुरुवात गरेका थिए । शाहिलले ९, राहुलले २८, शिशिर थापाले १६ रनको योगदान दिँदा हेमन्त आचार्य ३ रनमा अविजित रहे ।

बिसिएलका लागि तमिम अजफर, सुजोन परभेज र सिक्कु रोजानले समान २/२ र मोहम्मद आस्दुल करिमले १ विकेट लिएका थिए । १ सय ९२ रनको विजय लक्ष्यका साथ मैदानमा उत्रिएको बिसिएल १७ ओभरमा सबै विकेट गुमाएर १ सय ८ रन मात्रै जोड्न सक्यो । बिसिएलका लागि सिक्कु रोजनले सर्वाधिक २४ रनको योगदान दिए । त्यस्तै, मोहम्मद आस्दुल करिमले २२, खोनडोकर अमहदले १६ र जमन मोहमदले १० रन बनाउनु बाहेक अन्य व्याटरले सम्झन लायक प्रर्दशन गर्न सकेनन् । एनसिएएका लागि नितेश थापाले ३ ओभरमा १८ रन खर्चेर महत्वपूर्ण ३ विकेट लिए ।

आयुष जँग थापाले ३ ओभरमा २७ रन खर्चेर ३ विकेट लिँदा विशाल मण्डल र शिशिर थापाको नाममा १/१ विकेट रह्यो । एनसिएएलाई जित दिलाउन शानदार व्याटिङसहित महत्वपूर्ण दुई क्याच लिएका राजु न्यौपाने प्लेयर अफ दि म्याच चुनिए । सिड्नीमा क्लबस्तरीय प्रतियोगिता हुने गरेपनि, फरक समुदायबीच पहिलोपटक मैत्रीपूर्ण प्रतियोगिताको आयोजना गरिएको थियो ।जितसँगै एनसिएएले ट्रफी प्राप्त गरेको छ ।

(Visited 83 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services