तास्मनिया नेप्लिज क्रिकेटको अध्यक्षमा भण्डारी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । तास्मानिया नेप्लिज क्रिकेट एसोसियसन (टिएनसीए)ले नयाँ नेतृत्व पाएको छ । शनिबार होर्वाटमा सम्पन्न बार्षिक साधारणसभा तथा अधिवेशनले कमल भण्डारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । अध्यक्षमा निर्वाचित भण्डारी २०२२–०२३ को कार्यसमितिमा सचिव पदमा रहेर काम गरेका थिए।

समितिको उपाध्यक्षमा वासीक मोहमत खान, सचिवमा डा पुष्पराज जोशी, कोषाध्यक्षमा सुमन पौडेल, प्रवक्तामा एलिजा पंगेनी, सदस्यमा मिलन पौडेल, विश्वास बर्देवा र सरोज अर्याल रहेका छन्। सर्वसम्मतिमा भएको निर्वाचन समितिको निर्वाचन आयुक्त डा केशव भट्टराई रहेका थिए भने सदस्यमा खगेन्द्र सत्याल रहेका थिए।

साधारणसभाको अवसरमा टिएनसीएले तास्मानियामा क्रिकेटको विकासका लागि सहयोग गर्ने संघ संस्था तथा व्यक्तिलाई सम्मान गरेको थियो। निवर्तमान अध्यक्ष बाबु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा तास्मानियामा रहेका नेपाली संघ संस्थाका पदाधिकारी, समाजसेवी, पत्रकारलगायतको उपस्थिति थियो।

साधारण सभाले निवर्तमान अध्यक्ष न्यौपानेले प्रस्तुत गरेको वार्षिक कार्यपत्र समेत पारित भएको छ । न्यौपानेको कार्यकालमा सुपर सिक्स टि–२०, जुनियर बलास्ट, लगायत क्रिकेटसँग सम्बन्धित विभिन्न कार्यक्रम सम्पन्न भएको थियो । उनले यस्ता कार्यक्रम र प्रतियोगितालाई नयाँ नेतृत्वले निरन्तरता दिनेमा आफू विश्वस्त रहेको बताए।

नवनिर्वाचित अध्यक्ष भण्डारीले थप जिम्मेवारी पाउँदा निकै नै खुसी भएको भन्दै टिएनसीएको विकासका लागि केही योजना रहेका बताए। उनले टिएनसीएसँग आबद्ध सात क्रिकेट क्लब र खेलाडीको वृद्धि विकासमा लागि आवश्यक कार्यक्रम ल्याइने समेत जानकारी दिए । टिएनसीए सन् २०१९ स्थापना भएको थियो ।

(Visited 56 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services