अब गाउँ पसेर जनसंवाद यात्रा गर्छु: गगन थापा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले समाजमा व्याप्त असन्तुष्टि,निराशा र आक्रोशले विष्फोटको रुप लिन लागेको भन्दै ब्यापक निराशाको विश्लेषण गर्नुपर्ने बताएका छन् ।काठमाडौं क्षेत्र नम्बर ४ को सम्मेलनलाई शनिबार सम्बोधन गर्दै महामन्त्री थापाले समाजमा निराशा र आक्रोश फैलिनुको कारण देशको सबैभन्दा ठूलो र पूरानो पार्टी कांग्रेसको लय बिग्रनु नै भएको बताए ।

थापाले भने–आज समाजको आक्रोश विष्फोट हुन लागेको छ । जताततै ब्यापक निराशा छ । यसको कारण देश हाँक्ने सबैभन्दा ठूलो पूरानो र सबैभन्दा ठूलो जिम्मेवारी प्राप्त नेपाली कांग्रेस पापर्टीको लय बिग्रिदा,यसले लय पक्रिन नसक्दा,अलमलिदा र हामी आफैं असन्तुष्ट हुँदा असरल्ल छरिएको छ ।

अरु पार्टीले लय छाड्दा कार्यकर्तामात्र असन्तुष्ट हुने भन्दै थापाले कांग्रेसले लय छाड्दा देश नै निराश बन्ने बताए । थापाले अब भदौ महिनादेखि आफू कम्तिमा एक महिना काठमाडौं छाडेर ३०/३५ जिल्लाको भ्रमण गर्ने योजना सुनाए । तल्लो तहसम्म गएर जनसंवाद यात्रा गर्ने र तलका मान्छेको कुरा सुनेर माथि बसेकाहरुको बीचमा ल्याउने योजना उनले सुनाए ।

(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services