एनआरएनएमा सदस्यता घट्ने अनुमान
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको आगामी जुलाई २९ मा हुने निर्वाचनका लागि यतिबेला चुनावी सरगर्मी बढेको छ । निर्वाचनको मिति नजिकिदै जाँदा, विभिन्न पद र स्टेट संयोजकका लागि उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । तर, यसपटक सदस्यको सँख्या घट्नसक्ने अनुमान गरिएको छ । एनआरएनएले सदस्यता लिन र नवीकरण गर्न आगामी जुन २६ तारिखसम्म समयसीमा तोकिएको छ ।

अहिलेसम्म ६ हजारभन्दा बढीले सदस्यता नवीकरण र नयाँ दर्ता गराएको एनआरएनएले जनाएको छ ।एनआरएनए अस्ट्रेलियामा १६ हजारको हाराहारीमा सदस्यता रहेको छ ।गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुंङले सदस्य बन्नका लागि आह्वान गरेका छन् । उनले स्मार्ट एनआरएन एप डाउनलोड गरी त्यसमा आफ्नो विवरण दिन अनुरोध गरे ।

(Visited 106 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services