काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले भारतीय चलचित्र आदिपुरुषमा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने संवाद भारतमा समेत नहटाएसम्म कामठाडौँ उपत्यकामा हिन्दी चलचित्रको प्रर्दशन रोकिने बताएका छन् । यससँगै भारतीय चलचित्र ‘आदिपुरुष’ को प्रर्दशन रोकिएको छ भने भारतीय चलचित्र क्षेत्रमा बालेन शाहबारे व्यापक चर्चा भएको छ र त्यसलाई भारतीय सञ्चारमाध्यमले निकै महत्वका साथ समाचार प्रकाशन प्रसारण गरेका छन् ।
फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितीको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिती हेरेर चलाउन निर्देशन दिएको छ ।मेयर बालेन शाहको अभिव्यक्तिपछि उत्पन्न परिस्थितीलाई लिएर चलचित्र संघले आकस्मिक बैठक बोलाएको छ ।
बैठकमा बालेनको अभिव्यक्तिबारे छलफल हुने र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने जनाइएको छ ।बालेनले तीन दिनको अल्टिमेटम दिएरै चलचित्र आदिपुरुषमा समावेश उक्त संवाद हटाउनुपर्ने बताएका थिए ।यसैबीच केही सांसद र दलको भातृ संगठनका नेताहरुले पनि फिल्मलाई लिएर विरोध जनाइरहेका छन् । फिल्म निकायका सबै संस्थाले पनि फेसबुकमा स्टाटस लेख्दै आपत्ति व्यक्त गरिरहेका छन् ।
© 2023. All rights reserved. Designed By: HK Web Services