अफ्रिकी कन्डिसनमा अभ्यस्त नेपाली टोली
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिडनी । नेपाली क्रिकेट टोलीले दुईदिनपछि विश्वकप छनौट प्रतियोगिता खेल्दैछ । यहि प्रतियोगिताका तयारी स्वरुप नेपालले दक्षिण अफ्रिका र जिम्बाबेमा गरि ४ वटा अभ्यास खेल खेलिसकेको छ । जसमा तीनमा हार र एक जित निकाल्दै नेपालले आफ्नो तयारी पूरा गरेको छ । अफ्रिकी कण्डिसनमा अभ्यस्त हुन दुई साता अघि नै दक्षिण अफ्रिका पुगेको नेपालले नेदरल्याण्ड, स्कटल्याण्ड, युएई र ओमानसँग गरि चार वटा अभ्यास खेल खेल्दा, महत्वपूर्ण चार उपलब्धि पनि हासिल गरेको छ, जसले नेपाललाई मुख्य प्रतियोगितामा निकै सहयोग पुग्नेछ ।

दक्षिण अफ्रिकामा नेदरल्याण्ड र स्कटल्याण्डसँग तथा जिम्बाबेमा युएई र ओमानसँग अभ्यास खेल खेल्दा, नेपालले तीनमा हार र एक खेलमा जित निकालेको थियो । नतिजाका हिसाबले नेपालले ओमानसँग मात्र जित निकालेपनि, महत्वपूर्ण प्रतियोगिता अघि, आफ्नो गल्ती सच्याउने र कम्जोरी पत्ता लगाउन, अभ्यास खेलहरु निकै सहयोगी सावित भएको देखिएको छ । अभ्यास खेलको महत्वपूर्ण उपलब्धि भनेको, अफ्रिकन कण्डिसनमा अभ्यस्त रहनु भएको छ । नेपाल भन्दा निकै फरक रहने अनुमान गरिएको अफ्रिकन कण्डिसनमा खेलाडीहरु, धेरै हदसम्म अभ्यस्त भएको देख्न सकिन्छ, किनभने, दक्षिण अफ्रिकामा खेलिएका दुई अभ्यास खेल भन्दा जिम्बाबेमा खेलिएको अभ्यास खेलमा खेलाडीहरुले सुधारिएको प्रर्दशन गरेका थिए ।

दोश्रो, उपलब्धि भनेको, नेपाली ओपनर र मध्यक्रमका व्याटरले लय समात्नु रहेको छ । आसिफ शेष र कुशल भुर्तेल, नेपालको पहिलो रोजाईको ओपनरहरु हुन् तर, विगत केहि समयदेखि आसिफ र कुशलले एउटा ओपनरका रुपमा उत्कृष्ट सुरुवात दिलाउन सकेका थिएनन् भने व्यक्तिगत रुपमा पनि सम्झनलायक इनिङ खेल्न सकिरहेका थिएनन्, जसले गर्दा मध्यक्रमका व्याटरलाई निकै दबाब हुने गर्दथ्यो । तर, जिम्बाबे सम्म पुग्दा, नेपाली ओपनरहरुले विगतकै लय समातेका छन् । जिम्बाबेमा पहिलो अभ्यास खेलमा ओपनर र आसिफ शेषले ७६ रनको आकर्षक इनिङ खेले भने, दोश्रो अभ्यास खेलमा कुशल भुर्तेलले ओमान विरुद्ध उत्कृष्ट शतक प्रहार गरे । दुबै खेलमा आसिफ र कुशलले अविजित ५० रन भन्दा माथि ओपनिङ साझेदारी गरेका थिए । त्यसका साथै मध्येक्रममा कुशल मल्ल, कप्तान रोहित पौडेल र भीम सार्कीले आफ्नो लयलाई कायमै राखेका छन् भने कुशल मल्लले सबै खेल अझ परिपक्कता देखाएका छन् ।

साथै नेपाली फास्टर बलरहरुले निरन्तर विकेट लिन सक्नु अर्को उपलब्धिका रुपमा रहेका छन् । सोमपाल कामी अहिले सबैभन्दा धेरै फर्ममा देखिएका छन् । उनले हरेक अभ्यास खेलमा सुरुवाती ओभरहरु मै विकेट निकाल्न सफल भइरहेका छन् । ओमानविरुद्ध चौथो खेलमा उनले शानदार बलिङका सुरुवाती चरणमा महत्वपूर्ण ४ विकेट र समग्रमा पाँच विकेट लिएका थिए । सोमपालका साथमा करण केसी, गुलशन झा र प्रतिश जिसीले पनि राम्रो लेन्थ र लाइनमा बलिङ गर्दै विकेट चट्काईरहेका छन् । अभ्यासका क्रममा, नेपाली स्पिनरहरु स्वभाविक लय कायम गर्नु अर्को, उपलब्धिका रुपमा रहेका छन् । सन्दीप लामिछाने र ललितनारायण राजवंशीको हित जोडीले अभ्यास खेलमा पालैपालो खेलेपनि दुबै जनाले निरन्तर विकेट लिएका थिए । त्यसैले यी दुई स्पिन जोडी नेपालका लागि अझ महत्वपूर्ण सावित हुनेछ ।

(Visited 12 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services