सिड्नीमा दोश्रो संस्करणको एनपिएल हुने, १५० खेलाडीको नामदर्ता
प्रकाशित मितिः1 year ago

सिड्नी ।अस्ट्रेलियाको सिड्नीमा हुने दोश्रो संस्करणको नेप्लिज प्रिमियर लिग (एनपिएल)को अक्सनका लागि १ सय ५० भन्दा बढी खेलाडीले नामदर्ता गरेका छन् । नेप्लिज क्रिकेट संघ अष्ट्रेलियाको आयोजनामा आगामी अगस्टमा प्रतियोगिता हुनेछ । मिति भने केहिदिन भित्र टुँगो लाग्नेछ । प्रतियोगितामा पहिलो संस्करणमा रहेका चार फ्रेन्चाइज टोलीले सहभागिता जनाउनेछन् । ति टोलीहरुले नामदर्ता भएका खेलाडीहरुलाई अक्सन मार्फत आफ्नो टिममा अनुबन्धन गर्ने नेप्लिज क्रिकेट संघ अष्ट्रेलिया ( एनसीएए) का अध्यक्ष करण श्रेष्ठले जानकारी दिए ।

‘अक्सन जुलाई १ तारिखमा हुनेछ, जहाँ फ्रेन्चाइज टोलीहरुले आवश्यक खेलाडी अनुबन्धन गर्नेछन्’, अध्यक्ष श्रेष्ठले भने, ‘यसपटक हामीले गतबर्षभन्दा अझ परस्कृत र भव्य बनाउँदै छौ ।’ पहिलो संस्करणमा भाइव्रेन्ट वेगनास स्टार, पिरना से–फोक्सुण्डो स्टाइर्कस्, रे प्रपर्टीज् गोक्यो हिरोज् र मेरिट छोरोल्फा च्यालेञ्जर्स्ले सहभागिता जनाएका थिए । फ्रेन्चाइज टोलीहरुले गोल्डमा ३ र सिल्भर क्याटोगरिमा ४ गरि सात जना खेलाडी रिटेन गर्न पाउनेछ ।

अक्सनमा एक फ्रेन्चाइज टोलीले ५ हजार डलरसम्म खर्च गर्न पाउने जनाएको छ । प्रतियोगितामा ४ वटा टिमले डबल राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा विजेता, उपविजेता र खेलाडीलाई गरि २५ हजार डलर पुरस्कार प्रदान गरिने एनसिएएका अध्यक्ष श्रेष्ठको भनाई छ । पहिलो संस्करणको उपाधी पिरना से–फोक्सुण्डो स्टाइर्कस्ले जितेको थियो । प्रतियोगितालाई फिस्टेल होम्सले मुख्य प्रायोजन गरेको छ ।

(Visited 372 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services