सिड्नीका विनोद र सुदिक्षाले रुपन्देहीमा क्रिकेट मैदान बनाउँदै
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । अष्ट्रेलियाको सिड्नी रहँदै आएका युवा उद्यमी विनोद कुवँर र उनकी श्रीमती सुदिक्षा गौतमले झण्डै ४० करोड रुपैयाँमा क्रिकेट मैदान निर्माण गर्ने भएका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान निर्माण सूरु गरेका हुन् । निजी क्षेत्रको लगानीमा नेपालका पहिलो पटक उक्त मैप्रदान बन्न लागेको हो ।

गत सोमबार हिन्दु धर्मअनुसार मैदानको पुजा गर्दै एक कार्यक्रमकाबीच शिलान्याश गरिएको छ । एक्स्ट्राटेक ओभल प्रालीका निर्देशक विनोद र चिफ अप्रेटिङ अफिसर सुदिक्षा गौतमले नवनिर्मित क्रिकेट रंगशालाको स्वामित्व छ । झण्डै ५ विघा जग्गा किनेर मैदान निर्माण प्रकृया अगाडि बढाइएको छ । जग्गा थप खरिदको प्रकृयामा छ । गएको दुई साता झन्डै ८ सय ट्रक माटो हालेर जग्गा सम्याउने कार्य सम्पन्न गरिएको भएको छ ।

पहिलो वर्ष ५ हजार दर्शक क्षमताको रंगशाला बनाइने छ । प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप्दै ४ वर्ष भित्र २५ हजार दर्शक क्षमताको क्रिकेट रंगशाला बनाइने छ । एक्स्ट्राटेक ओभल क्रिकेट मैदानलाई रंगशालाको स्वरुपमा निर्माण सम्पन्न गर्दा ४० करोड रुपैंया लाग्ने अनुमान गरिएको छ । एक्स्ट्राटेक अस्ट्रेलियाको सिड्नीमा अवस्थित आइटी ट्रेनिङ इन्सिच्युट हो । सिड्नीमा यसको कार्यलयमा १५ जना कर्मचारी छन् । यसको क्यानबेरा, ब्रिसवेन, मेलवर्नमा फ्रेन्चाइज रहेको छ । काठमाडौंको सुविधानगरमा यसको नेपाल शाखा रहेको छ ।

नेपालका पूर्व क्रिकेट खेलाडी शक्ति गौचन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको ब्रान्ड एम्बासडरको रुपमा छन् । यो क्रिकेट रंगशला होस्टलसहितको एकेडेमी र ट्रेनिङ सेन्टर हुनेछ । उक्त एकेडेमी र सेन्टरको जिम्मेवारी शक्ति गौचनलाई दिएकोछ । रंगशाला कम्पाउन्डमा चार तलाको भवन बनाई १ सय जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने छ ।

यूएईमा लामो समय बसेर अवुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठकले एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भुमिकामा हुनेछन् । शिलान्यास कार्यक्रममा विनोदले यो निकै महँगो योजना भएको बताए । यो निकै महँगो योजना हो । नेपालमा धेरै क्रिकेट स्टेडियम बन्न सकेका छैनन् । जग्गा पनि धेरै चाहिँन्छ । धेरैले क्रिकेट मैदान बनाउन सोच्नु भएको छैन, विनोदले भने । उनले एकै वर्षमा बनाउने भन्दा पनि एकएक गरि सम्पन्न गर्ने बताए ।

म एकै वर्षमा पूरा बनाउछु भन्दिन । एक एक गरि सम्पन्न गछौं । पहिलो वर्ष हामी मैदान र पिच बनाउँदै खेल्न लायक मैदान बनाउँछौं । नेपालले डिभिजन पाँच देखी अहिले सम्म क्रिकेटलाई पछ्याउँदै आएको छ । त्यो समय पारस खड्का र शक्ति गौचनसँगको फोटो मसँग अहिले पनि छ । मेरो इन्जिनियरको परिक्षा हुँदा पनि क्रिकेट हेर्न छाड्ने थिएन । त्यति क्रेज ममा क्रिकेटमा थिए । त्यसैले एउटा मैदान बनाउछु । यो निजी भन्दा पनि तिलोत्तमाको हो । निर्माणमा सरकारले गर्नुपर्ने सहयोग वहाँहरुले गर्नुहुनेछ’, विनोदले भने ।

तिलोत्तमा नगरका प्रमुख रामकृष्ण खाणले आफूहरुले गर्नुपर्ने सबै सहयोग गर्ने बताए । ‘खेलको विकासले मात्रै समग्र देशको विकास हुन्छ । यस मैदान निर्माणमा तिलोत्तमा नगरपालिकाको सम्पूर्ण साथ र सहयोग रहन्छ’, खाणले भने ।त्यस्तै क्यानका केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले यो एउटा ठूलो उदेश्य रहेको बताएका छन् । ‘यो एउटा ठूलो उदेश्य हो । यसमा आफ्ना जिल्ला क्रिकेट संघको पूर्ण साथ रहन्छ । यो योजना पूरा पनि हुनेछ’, मल्लले भने ।

यता नेपाली क्रिकेटका पूर्वस्पिनर तथा मैदानका ब्रान्ड एम्बासडर शक्ति गौचनले क्रिकेट विकासको लागि मैदान निर्माण आफ्नो सपना रहेको बताए । ‘म एकेडेमी सञ्चालन गर्दा सधैं एउटा मैदानको आवश्यकता महसुस गरेको थिए । यो एउटा मेरो सपना थियो । देबदहमा हामीले मैदान निर्माण गयौं । आर्थिकको कारण गतिशीलता पाउन सकेन । म कर्ममा विश्वास गर्छु । मैदान र एकेडेमी भएमा प्रतिभा धेरै राम्रो हुन्छ’, शक्तिले भने । त्यसैमा थपे, ‘मैले सोचेको मैदान भगवानले पूरा गर्दिनु भयो । विनोदले मलाई विश्वास र भरोसा गर्नु भयो । यो मैदानमा खेलाडी खेलेर निखारिन पाएमा नेपाल राष्ट्रलाई टेस्टको मान्यता सम्म दिलाउनेछन् ।’

(Visited 22 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services