मोना टुर्नामेन्टको तयारी पूरा, पुरुष भलिबलतर्फ दश टोलीको सहभागिता
प्रकाशित मितिः1 year ago

सिड्नी । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाको आयोजनामा यहि आइतबार हुने एकदिवसीय मोना टुर्नामेन्टको तयारी पूरा भएको छ । अर्वन बास्केटबल सेन्टरमा हुने टुर्नामेन्टमा पुरुष तथा महिला भलिब एवम् पुरुष बास्केटबल समावेश गरिएको छ । ‘अब म पनि खेल्छु’ भन्ने नाराका साथ आयोजित प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा पुरुष भलिबलतर्फ दश टोलीले सहभागिता जनाउँदा, महिलातर्फ पाँच र पुरुष बास्केटबलतर्फ सात टिमले सहभागिता जनाएको प्रतियोगिताका संयोजक सन्दीप खत्रीले जानकारी दिए ।

‘प्रतियोगिताका टाइसिट प्रकाशन, स्वयमसेवक व्यवस्थापन देखि आन्तरिक तथा बाह्य तयारी पुरा भएको छ’, संयोजक खत्रीले भने, ‘प्रतियोगितामा सहभागिताका लागि सम्पूर्ण खेलाडी र खेलप्रेमीहरुलाई सार्वजनिक आब्हान पनि गरेका छौँ ।’प्रतियोगितामा पुरुष भलिबल तर्फ विजेतालाई २२ सय अस्ट्रेलियन डलर साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले १२ सय अस्ट्रेलियन डलर पाउनेछन् । महिला भबिलतर्फ विजेताले एक हजार डलरका साथमा ट्रफी प्राप्त गर्दा उपविजेताले ६ सय डलर प्राप्त गर्नेछन् ।

बास्केटबल तर्फ भने विजेताले ट्रफीका साथमा २ हजार र उपविजेताले ११ सय डलर प्राप्त गर्ने आयोजकले जनाएको छ । पछिल्लो केहि बर्षयता, सिड्नीमा भलिबल प्रतिको क्रेज बढ्दै गएको छ भने विभिन्न अवसरमा प्रतियोगिताहरु आयोजना हुने क्रम बढेको छ । यसहप्ता सोमबार सार्वजनिक बिदा परेकाले उल्लेख्य रुपमा दर्शकको उपस्थिति हुने आयोजकले अपेक्षा लिएको छ ।

 

(Visited 89 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services