
सिड्नी । आगामी २९ जुलाईमा हुने गैरआवासिय नेपाली संघ (एनआरएनए)अस्ट्रेलियाको निर्वाचनलाई सिड्नीका युवा अनिल पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । सामाजिक सञ्जाल मार्फत, उम्मेदवारी घोषणा गर्दै पोखरेलले एनआरएनएको संस्थागत विकास, आर्थिक पारदर्शिता र स्रोतको पहुँचका लागि नयाँ योजनाका साथ काम गर्ने दावी गरेका छन् । पोखरेल हाल एनआरएनए अस्ट्रेलियाको कोषाध्यक्ष रहेका छन् ।
‘मेरो विचारमा समाजसेवा यस्तो कार्य हो जसले मानिसको अन्तरमनलाई अलौकिक आनन्द दिन्छ। एउटा यस्तो आनन्द जसले मानिसलाई अनवरत रुपमा समाजमा योगदान गर्न प्रेरित गर्छ, त्यसैले उल्लेखित कामहरु गर्न मैले उम्मेदवारी घोषणा गरेको छु’, उनले भनेका छन् ।
नेतृत्वका लागि सिड्नीबाटै यसअघि युवा उद्यमी डिला खरेलले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । निर्वाचिनको मिति नजिकिएसँगै, चुनावी सरगर्मी पनि बढेको छ ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services