एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा खरेलको उम्मेद्वारी
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । गैरआवासिय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको निर्वाचनको मिति नजिकिएसँगै चुनावी सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि विभिन्न राज्यमा आकांक्षीहरु बीच वैठक, भेला र छलफल बाक्लिएको छ । यहिबीच, लामो समयदेखि एनआरएनए आन्दोलनमा सक्रिय सिड्नीका युवा उद्यमी डिला खरेलले भावी नेतृत्वलाई उम्मेदवारी घोषणा गरेका छन् ।

स्थापनाकालदेखी संस्थाको कोषाध्यक्ष र प्रबक्तासहित बिभिन्न भूमिका र महत्वपूर्ण कार्यक्रमहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका खरेल, अघिल्लो निर्वाचनमा पनि नेतृत्वका लागि आकांक्षी थिए । तर, अन्तिम समयमा उनले वर्तमान अध्यक्ष नन्द गुरुङलाई समर्थन गरेका थिए ।

बुधबार सामाजिक सञ्जाल मार्फत उम्मदेवारी घोषणा गरेका खरेलले संस्थामा अनुभवी,लगनशील,वौद्धिक र उर्जाशील नेतृत्व आवश्यक रहेको उल्लेख गरेका छन् । ‘सामाजिक नेतृत्व आफैमा एक भिन्न र विशिस्ट नेतृत्व हो’, उनले भनेका छन्, ‘एनआरएनएको गरिमा र आस्थालाई अझ माथिल्लो तहमा पुर्‍याउन आवश्यक छ ।’

(Visited 16 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services