विदेशीभूमिमा महिला टोलीलाई पहिलो उपाधि
प्रकाशित मितिः1 year ago

सिड्नी । नेपाली महिला क्रिकेट टोलीले मलेसियासँगको सिरिज जित्दै, विदेशीभूमिमा पहिलोपटक सिरिज जित्ने इतिहास रचेको छ । पाँचौं तथा अन्तिम खेलमा मलेसियालाई तीन विकेटले पराजित गर्दै नेपालले सिरिज उपाधि जितेको छ । नेपालले पाँच खेलको महिला टि२० आई सिरिज ३–२ ले जितेको हो ।जितको लागि १ सय १० रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

नेपालको जितमा ओपनर सीता रानामगरले ३७ बलमा ६ चौकासहित सर्वाधिक ३४ रनको योगदान दिइन् । नेपालले पहिलो ओभरको तेस्रो बलमै ओपनर कविता कुँवरलाई ४ रनमा गुमाएको थियो ।महिराह इजातीले इन्दु बर्मालाई ५ रनमा बोल्ड गर्दा नेपाल ४ ओभरमा २०–२ को अवस्थामा थियो । सीताले प्रहार गरेको सटमा नन स्ट्राइकबाट रन लिनेक्रममा सम्झना खड्का रन आउट हुन पुगिन् ।

११ औं ओभरको तेस्रो बलमा नुर दानियाले सीता रानालाई कप्तान मास एलिसाबाट क्याच गराएपछि नेपाल केहि दबाबमा परेको थियो । ऐश्या एलिसाले विन्दु रावललाई ५ रनमा एलबीडब्लू आउट गरिन् ।कप्तान रुविना विनीफ्रेडको बलमा २३ रनमा बोल्ड आउट भएपछि नेपाल केहि दबाबमा देखिएको थियो । रुविनाले ३० बलमा ३ चौका प्रहार गरिन् । अप्सरी बेगम १३ बलमा २ चौकासहित १५ रनमा अविजित रहिन् । ज्योति पाण्डे १६ बलमा १ चौकासहित १४ रनमा नटआउट रहिन् । मलेसियाकी हमिजाहले सर्वाधिक दुई विकेट लिइन् ।

महिराह इजाती इस्मालीले ३१ बलमा १ चौकासहित २० रन बनाइन् । तेस्रो विकेटका लागि इस्माली र रोस्दीले ६० रनको साझेदारी गर्दै बलियो योगफलको आधार तय गरेका थिए ।नेपालकी कविता कुँवरले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् । ईश्वरी विष्टले २ ओभरमा १५ रन खर्चेर १ विकेट लिइन् । नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमा नेपाल २७ रनले विजयी भएको थियो । चौथो खेल नेपालले ४ विकेटले हार्न पुगेको थियो ।

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services