सन्दीप सोमबार दक्षिण अफ्रिका जाने
प्रकाशित मितिः3 years ago

सिड्नी । अदालती प्रक्रियाका कारण टोलीसँगै दक्षिण अफ्रिका टुरमा सहभागी नभएका नेपाली क्रिकेटका स्टार स्पिनर सन्दीप लामिछाने अन्तत: दक्षिण अफ्रिकासँगै जिम्बाबे पनि जाने भएको छ । जिल्ला अदातल काठमाडौंले नेपालले खेल्ने महत्वपूण खेल, ग्लोबल क्वालीफायर पछि मात्रै सन्दीपको मुद्दाको पेशी तोक्ने सहमति जनाएपछि, सन्दीप मँगलबारभित्र दक्षिणअफ्रिका पुग्ने तय, भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।नेपाल क्रिकेट संघ क्यानको पहल र सन्दीपका कानुन व्यवसायीले काठमाडौं जिल्ला अदालतमा नियमित पेशी सार्न माग गर्दै निवेदन दिएका थिए ।

सोही निवदेन उपर काठमाडौं जिल्ला अदालतले अर्को पेशी असार २९ गते तोक्ने भनेपछि सन्दीपलाई नेपाली टिमले खेल्ने प्रतियोगितामा सहभागिता जनाउने बाटो खुला गरेको हो ।काठमाडौं जिल्ला अदालतमा विचाराधिन मुद्दाका कारण नेपाली टोलीसँग दक्षिण अफ्रिका जान नपाएका सन्दीप सोमबार राति २ बजे) दक्षिण अफ्रिका प्रस्थान गर्ने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । उनी कतार एयरवेजमार्फत त्यता प्रस्थान गर्ने बताईएको छ ।

अदालतमा सन्दीपविरुद्ध उजुरी दिएकी गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिको पनि निवेदन दिएकाले अदालतका न्यायाधीशरुले क्षतिपुर्तिसम्बन्धी निवेदनको अन्तिम टुंगो लागेपछि मात्रै मुद्दा अघि बढाउने निर्देशन दिएपछि सन्दीपको अन्यौलता बढेको थियो ।

तर, अहिले कानुन व्यवसायी र क्यानको संयुक्त प्रयासमा काठमाडौं जिल्ला अदालतमा निवेदन दिएर सन्दीपलाई दक्षिण अफ्रिका पठाउने पहल गरिएको थियो ।
आइतबार काठमाडौं जिल्ला अदालतले अब सन्दीपको मुद्दाको पेशी विश्वकप ग्लोबल क्वालीफायर खेलेर फर्किएपछि मात्रै तोक्ने सहमति जनाएपछि, उनलाई हत्वपूर्ण प्रतियोगितामा सहभागिता जनाउन सहज बनेको हो । २०–२० दिनमा पेशी तोकिनु पर्ने कानुनी बाध्यताका कारण सन्दीपको यात्रा अनिश्चित बनेको थियो । तर क्यान र सन्दीपका कानुन व्यवसायी सरोज कृष्ण घिमिरेले निवेदन दिएपछि सन्दीपको पेशी अब ४० दिन पछि, असार २९ मा तोकिएको छ ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले अदालतको आदेश अनुसार नै सन्दीपलाई दक्षिण अफ्रिका पठाउन लागिएको पुष्टि गरे । यसअघि सन्दीप विना नेपाली टिम ग्लोबल क्वालीफायरमा अपुरो हुने बताएका अध्यक्ष चन्दले अदालतको निर्णयले नेपाली टिमलाई पनि ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेका छन् ।सन्दीपको टिममा आगमनसँगै अब विगतको जस्तै प्रदर्शन गर्ने आफूले अपेक्षा लिएको अध्यक्ष चन्दको भनाई छ ।यसैबीच, भिषा समस्याका कारण, नेपाली टोलीसँगै दक्षिण अफ्रिका टुरमा सहभागि नभएका नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइ पनि सन्दीपसँगै दक्षिण अफ्रिका जाने तय भएको बताईएको छ ।

 

(Visited 44 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services