गैरआवासीय नेपालीका अधिकार संकुचित गरियो: उपाध्यक्ष शर्मा
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 years ago

काठमाडौँ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेमराज शर्माले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधयेकमा गैरआवासीय नेपालीहरुको अधिकारलाई संकुचित गरिएकोे बताएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेको विधयेकले गैरआवासीय नेपालीहरुले आर्थिक सामाजिक र सांस्कृतिक अधिकार सहितको नागरिकता प्राप्त गर्ने बताइएको छ। शर्माले अहिले प्राप्त अधिकारलाई सुनिश्चित गर्दै बाँकी र पूर्ण अधिकारको लागि पैरवी गर्नुपर्ने बताए।

डा. शर्माले विधेयकले सम्पत्ति र आर्थिक अधिकार आम नेपाली सरह दिने व्यवस्था गरे अन्य अधिकारहरु संकुचित गरिको बताउँदै गैरआवासीय नेपाली नागरिकहरुले राजनितिक अधिकार बाहेक अन्य अधिकार आम नेपाली सरह प्राप्त गर्छन भन्ने बाहिरी बुझाइ भए अनुसार मस्यौदा तयार नभएको उल्लेख गरे।

उनले गैरआवासीय नेपाली संघका संस्थापकदेखि हालका अध्यक्ष तथा अभियन्ताहरु, नेपाल सरकार, राजनितिक दल लगायत नागरिकता अभियानमा सहयोग गर्नेप्रति धन्यवाद दिएका छन् ।

(Visited 17 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services