एनआरएनए अस्ट्रेलियाद्धारा नागरिकता विधेयकको स्वागत
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः3 years ago

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाले, बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको स्वागत गरेका छन् । एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै विधेयकले लामो समयदेखिको प्रतिक्षा पूरा भएको भन्दै यसमा लाग्ने सम्बद्ध सबैलाई धन्यबाद दिएका छन् ।९ महिनाअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले होल्ड गरेको विधेयक राष्ट्रपति पौडेलले बुधबार बिहान प्रमाणीकरण गरेका थिए ।

मन्त्रिपरिषद्को १२ जेठको निर्णय अनुसार विधेयकको विभिन्न अवस्था र स्थिति उल्लेख गरी प्रमाणीकरणका लागि मन्त्रिपरिषद् कार्यालयले पत्र लेखेको भन्दै राष्ट्रपति पौैडेलले आफ्नो निर्णयमा लेखेका छन्, ‘नेपालको संविधानको धारा ६१ को उपधारा (२) (३) (४) र धारा ६६ एवं सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त बमोजिम विधेयक प्रमाणीकरण गरेको छु ।’

यो विधेयक प्रमाणीकरणसँगै २०७२ सालको संविधान जारी हुनुअघि जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुको सन्तानलाई वंशजको नागरिकता लिने बाटो खुलेको छ । नेपाली आमाबाट जन्मिएका, तर बाबुको पहिचान नभएका बालबालिकालाई पनि आमाको नामबाट नागरिकता लिने बाटो खुलेको छ ।साथै गैरआवासीय नेपालीले माग गर्दै आएको एनआरएनए नागरिकता प्राप्तिका लागि पनि बाटो खुलेको छ ।

 

(Visited 52 times, 1 visits today)

थप पोष्टहरु

© 2025  All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By:  HK Web Services