
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा गैरआवासीय नेपालीको पुँजी, प्रविधि, अनुभव र सीपलाई राष्ट्रिय विकासमा प्राथमिकता दिने भएको छ ।सरकारले नीति नै बनाएर गैरआवासीय नेपालीलाई राष्ट्रिय विकासमा प्राथमिकता दिने आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेटमार्फत् घोषणा गरिएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उक्त व्यवस्था गरिएको बताएका हुन् । उनले भने, ‘गैरआवासीय नेपालीको पुँजी, प्रविधि, अनुभव र सीपलाई राष्ट्रिय विकासमा प्राथमिकताका साथ परिचालन गरिनेछ ।’ त्यस्तै, सरकारले विदेशी लगानी भित्राउन यसै वर्ष लगानी सम्मेलन आयोजना गर्ने भएको छ।
विदेशी लगानी भित्राउन विभिन्न सुधारका योजना सार्वजनिक गर्दै अर्थ मन्त्री डा। प्रकाश शरण महतले यस्तो जानकारी दिए।उनले कम्पनी दर्ता र खारेजी अनलाइनबाटै गर्न सकिने बताए ।
© 2025 All rights reserved. Nepali News | 3AG PTY LTD, ABN: 95670970626 Designed By: HK Web Services