सिड्नी । सिड्नीस्थित ब्ल्याकटाउन काउन्सिलले आयोजना गरेको बहुसाँस्कृतिक परेडमा नेपाली समुदायले पनि सहभागिता जनाएका छन् । सन् २०१६ मा स्थापना भएको ब्ल्याकटाउन नेप्लिज कम्यूनिटिको अगुवाईमा नेपाली पहिरन, बाजागाजा र व्यानर सहित नेपाली समुदायले सहभागिता जनाएका हुन् । परेडमा नेपाली समुदायका अगुवादेखि, बृद्धबृदा र बालबालिकाहरुको सहभागिता रहेको थियो ।
काउन्सिलले हरेक बर्ष एकदिवसीय बहुसाँस्कृति परेडसँगै कला र संस्कृति झल्किने स्टल, अन्तराष्ट्रिय खाना उत्सब, बालबालिकालाई लक्षित गर्दै विभिन्न किसिमका खेल तथा साँगेतिक कार्यक्रम गर्दै आएको छ । नेपाली समुदायले प्रर्दशन गर्ने परेडमा बर्षेनी उल्लेख्य रुपमा सँख्या बढ्दै गएको ब्ल्याकटाउन नेप्लिज कम्यूनिटिले जनाएको छ ।
तस्विर: प्रतिक्षा अधिकारीको फेसबुकबाट
© 2023. All rights reserved. Designed By: HK Web Services