जुन २१ देखि काठमाडौं–सिड्नी सिधा उडान
प्रकाशित मितिः1 year ago

सिड्नी । नेपाल वायुसेवा निगमले जुन २१ देखि काठमाडौं–सिड्नीको सिधा हवाई सुरु गर्ने तयारी गरेको छ । नेपाल एयरलाइन्सका अनुसार यसका लागि सिंगापुरमा टेक्निकल ट्रान्जिट बनाइनेछ ।

निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमले सिड्नी विमानस्थलमा स्लट (उडान/अवतरण गर्ने समय) प्राप्त गरेको छ । अब बाँकी प्रक्रियाका लागि काम भइरहेको छ ।

‘२१ जुन (६ असार)मा पहिलो उडान गर्ने गरी प्रस्ताव गरेको छौँ’, उनले भने, ‘सबै जानकारी केहि दिनमै उपलब्ध हुनेछ ।’ नेपाल र अष्ट्रेलियाबीच चार वर्ष अगाडि नै हवाई सेवा सम्झौता भइसकेको थियो । तर, व्यावसायिक उडान भने हुन सकेको थिएन । निगमले कोभिड–१९ को समयमा यहाँ चार्टर्ड उडान भने गरिसकेको छ ।

निगमले अहिले जापान र साउदी अरबमा तुलनात्मक रुपमा लामो दुरीको उडान गरिरहेको छ । अष्ट्रेलिया उडानले ठूलो संख्यामा रहेका नेपालीसँगै यी दुई मुलुकबीच आवत–जावत गर्ने पर्यटकलाई समेत सुविधा पुग्ने छ । अन्तर्राष्ट्रिय उडानमा रहेका चार जहाजमध्ये यहाँ निगमले वाइडबडी ए–३३० जहाज उडाउने तयारी गरेको छ ।

(Visited 59 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services