अस्ट्रेलिया र न्युजिल्याण्डमा सगरमाथा दिवस मनाइँदै
✍ नेपाली न्यूज संवाददाता
प्रकाशित मितिः1 year ago

सिड्नी । अस्ट्रेलिया र न्यूजिल्याण्डमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ७०औँ सगरमाथा दिवस भव्य रुपमा मनाउने तयारी गरेका छन् । सर्वोच्च शिखर समागरमाथामा पहिलो पटक मानव पाइला पुगेको अवसमार हरेक बर्ष २९ मे लाई सगरमाथा दिवसका रुपमा मनाउने गरिन्छ ।

न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ मे २९ का दिन विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक पाइला टेकेका थिए । सन् २०१४ देखि गैर आवासीय नेपाली संघ न्युजिल्याण्डले सगरमाथा दिवस मनाउँदै आएको जनाएको छ ।

दिवसलाई विशेष रूपमा मनाउन न्युजिल्याण्डको अक्ल्याण्डमा मे २७, ह्यामिलटनमा मे २८ र वेलिंगटनमा मे ३१ मा विविध कार्यक्रमको आयोजना गरिएको एनआरएनएले न्यूजिल्याण्डले जनाएको छ । सर एडमण्ड हिलारीले स्थापना गरेको हिमालयन ट्रस्टले सगरमाथा क्षेत्रमा शिक्षा, स्वास्थ्य पर्यावरणलगायत क्षेत्रमा उल्लेखनीय कामहरू गर्दै आएको र यी कामलाई निरन्तरता दिन पनि सगरमाथा दिवसले सघाउ पुर्‍याउने आयोजकले लक्ष्य राखेको छ।

दिवसका अवसरमा सिड्नीमा पनि अन्तरसंवाद, बिहानी वाक जस्ता कार्यक्रम आयोजना गरिएको छ ।

 

(Visited 11 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप पोष्टहरु

© 2023. All rights reserved. Designed By:  HK Web Services